रातको कुरा पछि ‘राधा २’मा ब्यस्त हुँदै प्रियंका

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते १०:१८

काठमाण्डौ । ‘राधा २’मा योगेश घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्र ‘राधा २’ मा नायिका प्रियंका कार्की मुख्य भुमिकामा देखिने भएकी छन् । नायिका संचिता लुइटेललाई लिएर २ बर्ष अघि घिमिरेले चलचित्र ‘राधा’ बनाएका थिए । चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ ।

चलचित्रको छायांकन भदौ २५ गतेबाट सुरु हुने निर्माणपक्षले बताएको छ । महिला केन्द्रित चलचित्रले लभ स्टोरी कथा नै बन्नेछ । संजय न्यौपानेले यो चलचित्रको निर्माण गर्दैछन् भने प्रदिप भारद्धाजले कथा लेखेका हुन् । २ नायकको बारेमा अहिले भने कुनै जानकारी दिइएको छैन ।

२०७५ साउन २५ गते १०:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर