अष्ट्रेलियामा ‘बाँध मायाले’को प्रिमियर

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते ७:१२

काठमाडौं । चलचित्र ‘बाँध मायाले’को पहिलो वर्ल्ड प्रिमियर सम्पन्न भएको छ।

असोज ५ गतेबाट प्रदर्शनमा आउने चलचित्रको अगस्ट १८ तारिखमा अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा प्रिमियर गरिएको हो।

चलचित्रका सह–निर्माता महेन्द्र अधिकारीको व्यवस्थापनमा सम्पन्न भएको प्रिमियरमा नायक आर्यन अधिकारीको सहभागिता रहेको थियो । आइतबार पनि अष्ट्रेलियाको हर्टसभिलमा ‘बाँध मायाले’को शो राखिएको छ । त्यहाँ पनि नायक अधिकारीले सहभागी हुँदैछन्।

चलचित्र हेरेका दर्शकले राम्रो प्रतिकृया दिएको र उक्त प्रतिकृयनाबाट आफु उत्साहित भएको नायक आर्यनले बताए ।

२०७५ भदौ ३ गते ७:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर