बिमस्टेक सार्कको विकल्प होइन, हिमालदेखि समुद्रलाई जोड्ने विशाल मञ्च हो : प्रधानमन्त्री

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते १:०९

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी ७ सदस्य राष्ट्रले उर्जामा सहकार्य, व्यापार र लगानी विस्तारका विषयमा एक जुट हुनुपर्नेमा प्रतिबद्धता जनाएका छन्।

राजधानी काठमाडौँमा बिहीबारबाट सुरु बिमस्टेक शिखर सम्मेलनलाई बिहीबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई थप मजबुत र पारस्परिक बनाउनका लागि सदस्य राष्ट्रबीच सहकार्य हुनुपर्ने बताए ।

ओलीले बिमस्टेक सार्कको विकल्प नभई हिमाल र महासागर जोड्ने मञ्च भएको भन्दै सदस्य राष्ट्रबीच लगानी र कनेक्टिभिटीमा एकता हुनुपर्नेमा जोड दिए। बिमस्टेकमाथि क्षेत्रीय मुद्दा सम्बोधनको ठूलो जिम्मेवारी रहेको भन्दै उनले बिमस्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिए।

शान्त अनि दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध बिमस्टेक क्षेत्र बनाउन सबै सदस्य राष्ट्रबाट आवश्यक प्रयास हुने विश्वास समेत उनले व्यक्त गरे। संगठनभित्रको आन्तरिक व्यापार अत्यन्त न्यून हुनु दुःखद रहेको भन्दै उनले बिमस्टेकका सदस्य राष्ट्रमा निहित प्राकृतिक स्रोतको प्रचुर उपयोग गर्नु आवश्यक रहेको बताए। उनले प्रविधिमा भएको विकासले ल्याएका अबसरमा नयाँ पुस्तालाई अघि बढाउनुपर्ने पनि जोड दिए।

२०७५ भदौ १५ गते १:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर