मदन पुरस्कार विजेता रामलाल जोशीको ‘सखी’ उपन्यास विमोचन

आजको खबर   |    प्रकाशित : २०७५ असोज २१ गते ०:४०

काठमाडौँ । मदन पुरस्कार विजेता रामलाल जोशीको ‘सखी’ उपन्यास विमोचन गरिएको छ।

सुदूरपश्चिमका थारु समुदायका यथार्य कुराहरुलाई समेटी उनीहरुको अवस्थालाई लेखक जोशीले आफ्नो कृति मार्फत सार्वजनिक गरेका छन्। पहाडिया समुदायको विभेद, थारु समुदायमा पनि हुने खानेहरुको विभेद, पीडा, राज्यको तेश्रो नजर लगायतका बिभिन्न कुराहरुले ग्रसित भएका समुदायलाई आफ्नो पीडा पोख्ने ठाउँ नै कतै नभेटी अन्तमा मजदुरी गर्नलाई घर नै छोडेर बेशाहारा जीवन जीउनु पर्ने कुरालाई यो सखी मार्फत व्यक्त गरिएको छ।

हालको संघीय राजधानीबाट तेश्रो नजरले हेरेको सुदूरपश्चिम। जहाँ पछौटेपन, कुपोषण, सुकेनासजस्ता रोगहरुले ग्रसित नभएका बालबालिका समुदायमा बिरलै कम भेटिन्थे केही वर्ष पहिले। बालबालिकको मात्र होइन, रोगको मात्र होइन, त्यो ठाउँ राज्यको नै नजरमा दुर ठाउँ हो। अझँ ठाउँ मात्र होइन व्यवहार पनि। त्यस्ता ठाउँका बिभिन्न कथाहरु समेटी लेखक जोशीले ‘ऐना’ कथा संग्रह प्रकाशित गरे। त्यसै कृतिले मदन पुरस्कार जित्यो।

उक्त पुस्तकमा भएका कथाहरुले थारु समुदाय र पहाडीया समुदायबीचको आत्मीयता र भाइचारालाई समाप्त पार्नुहुन्न बरु यसलाई अझै प्रगाढ बनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्‍यो। त्यसै सम्बन्धलाई समेटी अझै प्रगाढ बनाउन भूमिका खेलेका लेखक रामलाल जोशीले अब भने थारु समुदायमै समर्पित उपन्यास बजारमा ल्याएका छन्।

साहित्यकार सरुभक्त, राम लोहनी, बुद्धिसागर र अर्चना थापाले संयुक्त रुपमा ‘सखी’ उपन्यास लोकापर्ण गरेका हुन्। ‘यो एक थारु युवतीको कथा हो, जो समाजबाट र राज्यबाट शोषणमा परेकी छ, विभेदमा परेकी छ, उपन्यास सखीले उसको पीडा, साहस र सफलताको कथा बोकेको लेखक जोशीले बताए।

२०७५ असोज २१ गते ०:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर