करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु, २ जना घाइते

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ८ गते १५:२०

बर्दिवास । विद्युतीय करेन्ट लागेर महोत्तरी औरही नगरपालिकामा आज एक जनाको मृत्यु भएको छ। मृत्युहुनेमा औरही–९ इनर्वाका ४५ वर्षीया मीनादेवी सहनी रहेको छ।

स्थानीय पोल्ट्री फर्ममा पानी तान्न चापाकल चलाउँदा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो। सो घटनामा मृतक सहनीका पति सुरेश सहनी र चार वर्षीय भतिजा राजा सहनी घाइते भएका छन्।

घाइते सुरेशको जनकपुर अञ्चल अस्पताल र बालक राजाको रामगोपालपुरस्थित स्वास्थ्य चौकीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। रासस

२०७५ कार्तिक ८ गते १५:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर