सामसुङले सार्वजनिक गर्यो फोल्डेबल डिस्प्ले भएको स्मार्टफोन

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते ५:०२

एजेन्सी। दक्षिण कोरियाली कम्पनी सामसुङले अन्ततः आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीको पाँचौँ वार्षिक डेभलपर सम्मेलनका क्रममा सामसुङले पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा यो ट्याबलेटको स्वरुपमा बदलिन्छ भने पट्याउँदा स्मार्टफोन बन्दछ ।

बुधबार आयोजित समारोहका बीच सामसुङको मोबाइल मार्केटिङ्ग विभागका वरिष्ठ उपाध्यक्ष जस्टिन डेनिसले यो स्मार्टफोन सार्वजनिक गरे । आगामी महिनादेखि यो स्मार्टफोनको व्यवसायिक हिसाबले उत्पादन सुरु हुने बताइएको छ । त्यसैले अहिले सार्वज्निक गरिएको स्मार्टफोन कम्पनीको फाइनल प्रडक्ट होइन ।

सामसुङका अनुसार फोल्डेबल डिस्प्लेसँगै सामसुङ मोबाइल प्रयोगकर्ताले नयाँ अनुभव गर्न पाउनेछन् । कम्पनीले यो फोल्डेबल डिस्प्लेलाई इनफिनिटी फ्लेक्स डिस्प्ले भनेको छ । प्रयोगकर्ताले यो सजिलैसँग बन्द गर्न र खोल्न सक्नेछन् । इनफिनिटी फ्लेक्स डिस्प्ले सामसुङको नेक्स्ट जेनेरेसन प्लेटफर्म हो ।

२०७५ कार्तिक २५ गते ५:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर