छोटो कपडा लगाएको भन्दै महिला पत्रकारलाई संसदबाट बाहिर निकालिदिएपछि……

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २१ गते १५:५९

एजेन्सी । अस्ट्रेलियामा महिलाहरु स्लीभलेस टप (टी–शर्ट) लगाएका तस्वीरहरु सामाजिक सञ्जारमा पोस्ट गरिरहेका छन् । उनीहरुले यस्तो किन गरेका हुन् भने उनीहरु महिला पत्रकार प्याट्रिशिया कार्भेलासप्रति समर्थन देखाउन चाहन्छन् ।

खासमा हालै पत्रकार प्याट्रिशिया छोटो बाउला भएको कपडा लगाएर अस्ट्रलियन संसदमा रिपोर्टिंग गर्न गएकी थिइन् । तर, उनलाई संसद परिसरबाट बाहिर निकालियो । किनभने उनले छोटो कपडा लगाएकी थिइन् । उनले अंगप्रदर्शन गरेको र निकै छोटो कपडा लगाएको भन्दै रिपोर्टिंग गर्न नदिएपछि यो विषयले अस्ट्रेलियामा निकै चर्चा पाएको छ ।

प्याट्रिशियाले ट्वीटरमा आफ्नो पाखुरा देखाउँदै एक तस्वीर शेयर गरेकी छन् । र लेखेकी छ्, ‘मलाई संसदबाट बाहिर निकालियो । किनकी मेरो हातको धेरै भाग देखिएको थियो । यो निकै मुर्खतापूर्ण छ । तर म गार्डको भनाईअनुसार बाहिर निस्के । मलाई लाग्छ यो नियम ठिक छैन ।’
संसद र सदनको ग्यालरीमा ड्रेस कोड मापदण्ड बनाइएको छ । यसअघि पनि शूट नलगाएका पुरुष पत्रकारलाई प्रेस ग्यालरीमा जान दिइएको थिएन ।

प्याट्रिशियाको विषय सार्वजनिक हुँदा सामाजिक सञ्जालमा अस्ट्रेलियन सरकारको निकै विरोध भएको छ ।

सामाजिक सञ्जारमा सरकारको निकै आलोचना भएपछि सरकारले माफिसमेत मागेको छ । अस्ट्रेलियाका रक्षामन्त्री क्रिस्टोफर पाइनले भनेका छ्, ‘म सदनका तर्फबाट मिस कारभेलासलाई प्रेस ग्यालरीबाट निकालिएको विषयमा माफि माग्छु ।’

सरकारले माफि मागेपछि पत्रकार कार्भेलासले संसदको ड्रेस कोड पनि रिभ्यू हुने विश्वास व्यक्त गरेकी छन् ।

२०७५ मंसिर २१ गते १५:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर