‘जीवन काँडा कि फूल’ चलचित्र निर्माण

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २८ गते १:१४

काठमाडौँ । साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ ।

करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गरेका चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उनले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने बताइएको छ ।

बिहिवार आयोजित पत्रकार सम्मेलनमा निर्माता विष्टले छ वर्षको समयावधि लगाएर अनुसन्धान गरी सम्पन्न गरिएको चलचित्र निर्माण लागत रु ६५ लाख रहेको जानकारी दिए । नेपाल पत्रकार महासङ्घ काठमाडौँका सभापति सन्तराम बिंडारीले जीवन्त कथा वस्तुमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताउँदै घिमिरेको जीवन सङ्घर्ष धेरैका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरेका छन ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष एवं सिने निर्देशक आकाश अधिकारीले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्ने सन्देश दिएकी घिमिरेको बौद्धिकतालाई बुझाउन यो चलचित्रले ठूलो सहयोग पु¥याउने बताउँदै चलचित्रको सङ्क्षिप्त कथा वस्तुलाई आफूले अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कलाकार मोहन निरौला, सङ्गीतकार राजु सिंहलगायतले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि नेपाली साहित्यको विकासमा योगदान पु¥याएको बताए । चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायत कलाकारले अभिनय गरेका छन भने गायिका जुनु गौतमले गीत गाएकी छन ।

शान्ति काव्य प्रवाह सम्पन्न

मानव अधिकार तथा शान्ति समाजले ७० औँ मानव अधिकार दिवसका सन्दर्भमा ४० कविले हिजो शान्ति काव्य प्रवचन गरेका छन ।

मानव अधिकारमा केन्द्रित रही कृष्ण पहाडी, रामबहादुर पहाडी, कवि रामबहादुर पहाडी, वेदमणि घिमिरे, भाग्यशाली अधिकारी, मदन कार्की, रत्ननिधि रेग्मी, डा जीवन अधिकारी, मेनका पोख्रेल आचार्य, ऋचा, विजयध्वज थापा, त्रिभुवनचन्द्र वाग्लेलगायतले कविता वाचन गरेएका थिए ।

एक नागरिकले अन्य व्यक्तिको अधिकारलाई सम्मन गरी शान्ति तथा समृद्ध समाजमा निर्माण गर्न सकिने सन्देश दिइएको उक्त प्रवाहमा जानी नजानी भइरहेका मानव अधिकार उल्लङ्घनका विषयवस्तुलाई सहभागी कविले रचनामार्फत सच्याउन आग्रह समेत गरेका छन ।

समाजका सभापति उत्तम पुडासैनीले साहित्यमार्फत मानव अधिकार र शान्ति अभियानलाई प्रवद्र्धन गर्ने कार्यमा शान्ति समाज निरन्तर लागिरहेको बताए । यसपटकको उक्त काव्य प्रवाह ७४आँै शृङ्खलाअन्तर्गत भएको बताइएको छ ।

२०७५ मंसिर २८ गते १:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर