सोमबारको दिन यी मन्त्रहरु जप गरि भगवान शिवको पुजा गर्नुहोस् ! मनोकामना पुरा हुनेछ

आजको खबर   |    प्रकाशित : २०७५ पुष १ गते १५:३२

काठमाडौं । आज सोमबार भगवान शिवजीको दिन । हिन्दु धर्ममान्यता अनुसार यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् । सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाकनामा पूरा हुने विश्वास रहेको छ। ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चद्र हो भने यसको स्वामी शिव हो । त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ।

मन्त्र :
(ऊं नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ , (नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नमस्)

अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ । कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

पूजा विधि :
सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरिर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव ,माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन। चामल ,बेलपत्र र धतुरोको फुल चढाउनुहोस्। यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप ,दिप बालेर आरती गर्नुहोस्।

२०७५ पुष १ गते १५:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर