के तपाईलाई थाहा छ , खाना खाने बित्तिकै किन निन्द्रा लाग्छ ? पुरा पढ्नुहोस् ,

आजको खबर   |    प्रकाशित : २०७५ पुष २ गते ६:०८

टन्न खाना खाए लगत्तै हामीलाई निन्द्रा लाग्छ । कतिले अनुभव गरेका होलान्, कतिले गरेका छैनन् । कतिपय खानेकुरा यस्ता हुन्छन् भनिन्छ, जसले निन्द्रा लगाउँछ । कतिलाई भात खाएपछि निन्द्रा लाग्छ, कतिको मासु खाएपछि आँखा लोलाउन थाल्छ । यस्तो प्रवृत्ति नेपालीमाझ मात्र होइन, विश्व समुदायमा हुने गर्छ । हालै एक अध्ययनले यसबारे तथ्य सार्वजनिक गरेको छ ।

के खानाले साच्चै निद्रा लगाउँछ ?
खाना खाएपछि शरीर बोझिलो अनुभव हुन्छ । निन्द्रा लाग्छ । किन ?

विभिन्न अध्ययनहरुले जनाए अनुसार खाना खाएपछि निद्रा लाग्नुको प्रमुख कारण ‘एल-ट्रिपटोफान’ रसायन नै प्रमुख हो । अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार सुँगुरको मासु, अन्डाको सेतो भाग, माछा आदिमा यस्तो तत्व हुन्छ, जसले निन्द्रा लगाउँछ ।

टर्कीको मासुमा पनि ‘एल-टि्रपटोफान’ नामक रसायन अधिक मात्रामा रहेको हुन्छ ।
एल ट्रिपटोफान हाम्रो शरीरका लागि आवश्यक हुन्छ । खासगरी अनिन्द्रको समस्या भएकाहरुलाई यसको आवश्यक हुने गर्छ ।

के हो ‘एल-ट्रिपटोफान’ ?
‘एल-टि्रपटोफान’ एक किसिमको अमिनो एसिड हो । अमिनो एसिड त्यस्तो केमिकल हो, जसबाट प्रोटिनको निर्माण हुन्छ । प्रोटिनबाट शरीरका कोषिकाहरु निर्माण हुन्छ , जुन हाम्रो शरीरको विकास लागि आवश्यक छ । यस अर्थमा ‘एल-ट्रिपटोफान’ हाम्रो शरीरको लागि निकै जरुरी छ । तर यो हाम्रो शरीरमा निर्माण हुँदैन । विभिन्न खानेकुराको माध्यमबाट यस्ता तत्व शरीरमा प्रवेश गर्छ ।

यही अमिनो एसिडको माध्यमबाट सेरोटिनिन नामक रसायनको निर्माण हुने गर्छ । सिरोटिनिन यस्तो तत्व हो, जसले शरीरमा खुशीको भाव पैदा गर्दछ । यही सिरोटोनिनका कारण झिंगाहरुलाई पनि निद्रा लाग्ने गर्दछ । मानव शरीरमा पनि यही कारण निद्रा लाग्न सक्छ । यद्यपी, यसबारे अहिलेसम्म यकिन भएको छैन ।

यसकारण निन्द्रा लाग्दैन
अनिद्राकेा समस्या भएका मानिसहरुले ‘एल-ट्रिपटोफान’ को सेवन गर्नाले उनीहरुमा अनिद्राको समस्या हटर जाने पनि कुरालाई अध्ययनहरुले समेत सही मान्दै आएको छ । यसबाट बनाइएको थुप्रै औषधीहरुले अनिद्राको समस्यालाई समेत हटउदै गएको छ । यस बारेमा गरिएको अनुसन्धान ३० वर्ष भन्दा अगाडी गरिएको थियो । अर्थात, सन् १९८६ मा यो अनुसन्धान गरिएको थियो ।

तर सन् २००२ मा गरिएको अर्को एउटा अध्ययनले जनाए अनुसार शरीरमा ‘एल-ट्रिपटोफान’ कमी भएमा अनिद्रा तथा निद्रा खराब हुने गर्दछ ।
यसबाट के पनि थाहा हुन्छ भने ‘एल-ट्रिपटोफान’ले खानामा एक तरीकाले तथा औषधीको रुपमा अर्को तरीकाले काम गर्दछ ।

अर्थात, विभिन्न पौष्टिकतत्वयुक्त खानामा ‘एल-ट्रिपटोफान’ एउटामात्र रसायन रहेको हुँदैन । जसको कारण खानामा पाइने अन्य पौष्टिक तत्वले ‘एल ट्रिपटोफान’को बाटो रोक्ने गर्छ ।

विशेषगरी, खानाबाट पाइने ‘एल-ट्रिपटोफान’ले सेरोटिनिन हर्मोन पैदा गर्नका लागि यसको अन्य अमिनो एसिडसित हुनु हुँदैन । यसको लागि यदी कसैले ‘एल-ट्रिपटोफान’ भन्दा कम अन्य कुनै खानेकुरा खादैछ भने खेली पेटमा सेवन गर्नुपर्छ । जसले गर्दा यही अमिनो एसिड दिमाग सम्म पुगेर सेरोटिनिन बनाउन मद्दत गर्छ ।

२०७५ पुष २ गते ६:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर