बलात्कारबाट जोगिन “रेप प्रुफ पेन्टी”

आजको खबर   |    प्रकाशित : २०७५ पुष ३ गते १७:१३

अहिले नेपालसहित विश्वभर नै बलात्कारका घटना बढिरहेका छन । बलात्कारका घटनामा महिला आफै पनि स्वयंम सुरक्षित हुनुपर्ने भएको छ ।

यस्तै बलात्कारका घटनामा कमी ल्याउनका लागि छिमेकी राष्ट्र भारतमा एक छाज्ञाले बलात्कारबाट बचाउन सहयोगगर्ने नयाँखालको पेन्टीको आविष्कार गरेको जनाईएको छ । उत्तर प्रदेश घर भएकी १९ वर्षीया सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’को आविष्कार गरेको खवरले अहिले विश्वभर चर्चा चुलिएको छ ।

बीएस्सीकी छात्रा रहेकि उनले आफ्नै समाजमा बलत्कारका घटना बढदै गएको खवरले यस्तो खालको पेन्टीको आविश्कार गर्न सफल भएको जानकारी गराईन । उनका अनुसार यो अरु साधारण पेन्टीभन्दा फरक किसिमको रहेको छ। पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डको सहयोगबाटमात्र खुलाउन सकिने छ ।

त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जडान गरिएको छ, जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लगाउन सकिने छ भने पेन्टीमा जडान गरिएको रेकर्डर डिभाइसको मदतले घटनास्थल वरिपरिको आवाजहरूलाई पनि रेकर्ड गर्न सक्ने समेत जनाईएको छ । उत्तर प्रदेशको फरुर्खाबाद जिल्लाको एक साधारण परिवारकी सिनुले दिनहुँ घट्ने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताएकि छन। उनले बनाएको पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ ।

जसलाई चक्कु वा ब्लेटले काट्न नसकिने तथा न कि यो कपडा जलाउन सकिने बताईएको छ । पेन्टीमा एउटा बिशेष प्रकारको बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं. मा स्वचालित रूपमा फोन जानसक्ने प्रविधीको प्रयोग गरिएको छ । एक महिना लामो प्रयासपछि करिव पाँच लाख भारुको लागतमा यो पेन्टीको अविष्कार गरिएको हो ।

२०७५ पुष ३ गते १७:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर