जेम्सका विद्यार्थीबाट आश्रमलाई सहयोग

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते २:४३

दमक । स्थानीय जेम्स स्कूलका विद्यार्थीहरूले दमकको हाम्रो बाल आश्रमलाई रु २६ हजार २५ सहयोग गरेका छन् ।

दमक–२ स्थित निर्माणाधीन आश्रममा आयोजित कार्यक्रममा बुधबार विद्यार्थीहरूले आश्रमका सञ्चालक समितिका अध्यक्ष प्रकाश थापालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

विद्यार्थीले रोपेको सयपत्री फूल बेचेर जुटाएको रकम आश्रम सञ्चालकलाई प्रदान गरिएको स्कूलका संस्थापक प्रिन्सिपल सागर श्रेष्ठले बताए। उनका अनुसार विद्यार्थीले गएको तिहारमा ती फूल बिक्री गरेर उक्त रकम जुटाएका थिए । कार्यक्रममा उक्त स्कूलले पनि सोही बराबरको रकम उपलब्ध गराएको उनले जानकारी दिए।

सोही अवसरमा रोटरी क्लब दमकका अध्यक्ष मोहन ढकालले पनि आश्रमलाई व्यक्तिगत रु १० हजार सहयोग गरे । स्थानीय युवाको सक्रियतामा दुई वर्षदेखि निर्माणाधीन आश्रम सञ्चालनको तयारीमा रहेको आश्रमका सचिव साजन श्रेष्ठले जानकारी दिए ।

२०७५ पुष ५ गते २:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर