एउटा यस्तो कम्पनी जाहाँ सुतेबापत पाउनुहुन्छ पैसा

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते ४:५८

तपाइ कुनै कम्पनीमा कार्यरत हुनुहुन्छ भने तपाइलाई काम गरेबापत रकम दिन्छ तर संसारमा यस्ता कम्पनिहरु पनि छन् जुन कम्पनीले सुतेबापत आफ्ना कर्मचारीलाइ रकम भुक्तानी गर्दछन् ।

तपाइलाई यो कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर अब तपाईले यो कुरालाई पत्याउनु पर्छ । किन भने जापानमा एउटा यस्तो कम्पनी छ । जस्ले आफ्ना कर्मचारीहरुलाई सुतेबापत रकम भुक्तानी गर्छ ।

जापानको क्रेजी इंक नामक एक कम्पनीले आफ्ना सबै कर्मचारीका लागि पूरा निद्रा सुत्नका लागि समेत पैसा दिन्छ । कम्पनीले सबै कर्मचारीलाई नम्बर दिन्छ ।
सोही नम्बर अनुसार जो कर्मचारी हप्तामा पाँच दिन हरेक रात कम्तीमा ६ घण्टा सुत्दछन् उनीहरुले हरेक वर्ष ६४ हजार येन अतिरिक्त रकमको रुपमा पाउँदछन् ।

कोही पनि कर्मचारीले यथेष्ट समय नसुतिकनै पर्याप्त सुतेको भनेर नढाँटुन् भन्नका लागि कम्पनीले एयरवेय नामक एप पनि तयार गरेको छ । जसले कर्मचारीको हरेक दिनको निद्राको मापन गर्दछ ।

जापानमा मानिसहरु अत्यधिक मात्रामा काम गर्ने र आरामका लागि पर्याप्त समय नछुट्टाउने कारणले गर्दा धेरै मानिसको स्वास्थ्यमा समस्या देखिने गरेको छ ।
सोही परिस्थितिलाई मध्यनजर गर्दै उक्त कम्पनीले त्यस्तो नियम बनाएको हो, ता कि कर्मचारीहरु पर्याप्त मात्रामा सुत्न नपाएका कारण बिरामी नहोउन् । एजेन्सी

२०७५ पुष ७ गते ४:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर