एकै परिवारका ५ जनाले खाए विष , ३ को मृत्यु २ को अवस्था गम्भिर

आजको खबर   |    प्रकाशित : २०७५ पुष १७ गते १६:५२

बिलासपुर । छत्तीसगढमा एकै परिवारका ५ जनाले विष पिएका छन् ।छत्तीसगढको रतनपुरमा एकै परिवारका ५ जनाले विष पिएर ३ जनाको मृत्यु भएको छ भने २ जनाको अवस्था गम्भीर रहेको छ । विष पिएर मृत्यु हुनेमा हजुरआमा ६० वर्षकी गुलाबो बाइ, नातिनीहरु १६ वर्षकी निकिता र १२ वर्षकी निलम रहेका छन् । यी तीनको घटनास्थलमै मृत्यु भएको हो ।

६० वर्षकी हजुरआमा गुलाबोकी छोरी ३५ वर्षकी लल्ली भनिने प्रस्तुती र १८ वर्षका नाती विकास भने अस्पतालमा भर्ना गरिएका छन् । दुवैको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाको समयमा प्रस्तुतीका पति तथा गुलाबोका ज्वाइँ सत्तो घरमा थिएनन् । सत्तो घरमा पुग्दा भित्रबाट ढोका बन्द थियो । बोलाउँदा कसैले ढोका नखोलेपछि उनले छिमेकी र प्रहरीलाई खबर गरेका थिए ।यस बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

 

२०७५ पुष १७ गते १६:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर