मंगलबार विदेशी मुद्राको भाउ घट्यो
आजको खबर | प्रकाशित : २०७५ पुष २४ गते ६:३१

काठमाडौं . मंगलबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ केही पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८१ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकिएको छ ।
युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९० पैसा तोकिएको छ । बहराईन दिनार १ को खरिददर २९४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५४ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
२०७५ पुष २४ गते ६:३१ मा प्रकाशित