गर्मी मौसममा पाइने खर्बुजाका यस्ता छन् फाइदा (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २५ गते ५:०७

काठमाडौँ । विस्तारै गर्मी बढ्दै गएको छ । गर्मी मौषममा विशेषगरी फलफूलको सेवन निकै फाइदाजनक मानिन्छ । जसमा खर्बुजा पनि निकै फाइदाजनक छ ।

गर्मीमा रातो रातो खर्बुजा देख्ने बितिकै मुखबाट पानी आउछ र यसले हरेक उमेरको मान्छेलाई आकर्षित गर्ने गर्छ । खर्बुजामा पानीको मात्रा प्रशस्त हुन्छ । यसमा ९२५ पानीको मात्रा हुने गर्छ ।

खर्बुजा प्रशस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सीडेन्टहरु पनि पाईन्छ । त्यसैले आज हामी यस भिडियोमा खर्बुजाको फाइदा अनि उपयोगको बारेमा चर्चा गर्नेछौ ।

१. मृगौलाको पत्थरी हुन दिँदैन स् खर्बुजामा प्रशस्त मात्रा पोटासियम पाइने भएकाले यसले मृगौलामा रहेको पत्थरी बनाउन सक्ने विकारलाई सफा गर्न मद्यत गर्छ । यसले रगत रहेको युरिक एसिडलाई पनि नियन्त्रण गर्ने हुँदा मृगौला फेल हुुने जोखिम कम हुन्छ ।

२. हिट स्ट्रोक हुनबाट बचाउँछ स् खर्बुजाको सेवनले शरीरको तापक्रम र रक्तचाप सन्तुलनमा राख्न मद्यत गर्छ । गर्मी ठाउँमा बसोबास गर्ने मानिसहरुले हिट स्ट्रोक हुनबाट बच्नको लागि दिनहुँ यसको सेवन गर्ने गर्छन् । यसमा भएको पानीको मात्राले शरीरमा पर्याप्त पसिना निकाली शरीरको तापक्रम घटाउँछ ।

३. उच्च रक्तचाप कम गर्छ स् यसमा भएको पोटासियम र म्याग्नेसियमले रक्तचाप कम गर्नमा निकै फलदायी भूमिका खेल्छ ।

४. क्यान्सरबाट जोगाउँछ स् खर्बुजाले क्यान्सरको जोखिमबाट पनि बचाउँछ । यसमा हुने लाइसोपिन नामक क्यारोटेनोइड फाइटोन्युट्रियन्ट क्यान्सर कम गर्नमा फाइदाजनक रहेकाले खर्बुजाको सेवन पछिल्लो समय बढ्दै गएको छ । यसले प्रोष्टेट, स्तन, कोलोन, फोक्सो क्यान्सर हुनबाट जोगाउँछ ।

५. दमबाट बचाउँछ स् खर्बुजामा प्रसस्त मात्रामा पाईने भिटामिन सी ले तपाईँलाई दमको रोगी बन्न दिदैँन ।

६. पाचन प्रणाली स् खर्बुजामा प्रशस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणलीलाई सन्तुलित राख्न मद्दत गर्छ ।

७. नपुङ्सक हुनबाट जोगाउँछ स् खर्बुजामा रहेको आर्जिनाइन भन्ने तत्वले पुरुषहरुमा हुने इरेक्टाइल डिसफङ्सनको उपचार गर्नमा मद्यत गर्छ । यो तत्वले यौन क्षमतामा पनि बृद्धि गर्ने अध्ययनले देखाएको छ ।

भिडियो :

२०७६ जेठ २५ गते ५:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर