‘सारेगमप लिटिल च्याम्प’मा चौंथो भएका आयुष स्वदेश फर्किए (हेर्नुहोस् तस्वीरमा)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २८ गते २:४२

काठमाडौं। चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा चौथो भएका आयुष केसी स्वदेश फर्किएका छन्। उनी सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। केसीलाई उनी अध्ययनरत विद्यालयका शिक्षक, आफन्त तथा अन्य विद्यार्थीहरुले भव्य स्वागत गरेका थिए।

आइतबार साँझ भएको जी टीभीको फाइनल कार्यक्रममा प्रतिष्पर्धा गरेका अर्का गायक प्रितम आचार्य भने तेस्रो भए उनी पनि आफ्नो देश नेपाल फर्किसकेका छन् । फाइनलमा जम्मा ६ जना पुगेका थिए। जसमध्ये इटहरीका प्रितम आचार्य तेस्रो र आयुष चौँथो भएका थिए ।

कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले नेपाली तथा भारतीय दर्शकको मन छोएको छ।

आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो। हाल उनी भक्तपुरमा अध्ययनरत छन्। आयुष भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्।

तस्वीर : आर्यन धिमाल

२०७६ जेठ २८ गते २:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर