मलेसियामा पक्राउ परेका नेपाली कलाकारलाई स्वदेश फर्काउने तयारी

आजको खबर   |    प्रकाशित : २०७६ असार १० गते ५:१३

मलेसिया । ‘एसएसओजी धमाका वान’ नामक कार्यक्रमका लागि मलेसिया आएर पक्राउ परेका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेलाई नेपाल फर्काउने तयारी भइरहेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

केहीहप्ता अघिमात्रै सांगीतिक कार्यक्रमका लागि भनी  आएका तीन कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमन विभागले कार्यक्रम आयोजना गर्दा स्थानीय प्रशासनसँग पूर्वस्वीकृति नलिइ गरेको भन्दै नियन्त्रणमा लिएको थियो।

उनीहरूमथि अध्यागमन कानुन उल्लङ्घन गरेको आरोप लागेको थियो । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयास्थित अध्यागमनको हिरासतमा राखिएको थियो ।

उनीहरूलाई गत बिहीबार स्थानीय अदालतमा उपस्थित गराइएको थियो । अदालतले तोकेको जरिवाना रकम तिरेपछि उनीहरुलाई क्वालालम्पुर विमानस्थलस्थित फिर्ती केन्द्रमा राखिएको नेपाली दूतावासले जानकारी दिएको छ । पक्राउ परेकाहरूको अवस्थाबारे बुझी थप कानुनी प्रक्रिया अपनाउन दूतावासले वकिलको व्यवस्था मिलाएको थियो ।

दूतावास स्रोतका अनुसार स्वदेश फर्काउनका लागि आवश्यक पर्ने आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा भइसकेको छ । हवाई टिकट लगायत केही प्रक्रिया मात्र बाँकी रहेको र उक्त काम भइरहेको जनाइएको छ ।

दूतावासका अनुसार पक्राउ पर्ने अन्य कतिपय छुटिसकेका छन् भने कतिपय अदालतको फैसलापछि जेल र फिर्ती केन्द्रमा छन् ।

२०७६ असार १० गते ५:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर