बिहान उठेर सधै गर्नुहोस् यि ४ काम ! तपाईको घरमा लक्ष्मीको बास हुनेछ
आजको खबर | प्रकाशित : २०७६ असार १३ गते १७:५९

काठमाण्डौ । भनिन्छ ” बिहानले दिनभरीको संकेत गर्दछ । बिहानको समय भनेको दिनको सबैभन्दा सुरु र महत्वपुर्ण समय हो । बिहान सबेरै यस्ता काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ ः
– बिहानबिहानै हत्केला हेर्नुहोस : बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।
– सुर्यलाई जल चढाउनुहोस् : सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ
– मन्दिर सफा राख्नुहोस : घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ ।
– बिहानै भुमिलाई प्रणाम गर्नुहोस : बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ ।