लगातार घटेको सुनको भाउ आज ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ?

आजको खबर   |    प्रकाशित : २०७६ भदौ ३० गते ७:४९

काठमाडौँ । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै उकालो लागेको छ । बिहीबारबाट लगातार घटेको सुनको भाउ आज भने पुनः उकालो लागेको हो ।

आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको छ । जसमा छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ७० हजार २ सय तथा तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। आइतबार चाँदी ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।

२०७६ भदौ ३० गते ७:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर