युवा ज्योतिष हरिहर भन्छन् : झण्डा मिलाउनुपर्छ! (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७६ असोज ३ गते ६:०३

काठमाडौँ । चर्चित तथा लोकप्रिय युवा ज्योतिष हरिहर अधिकारी पछिल्ला दिनहरुमा ज्योतिष शास्त्रमा मात्र नभएर कलाकारितातिर पनि अग्रसर छन् । उनले पछिल्लोपटक नेपाली फिल्म क्षेत्रमा फिल्म अनुराग मार्फत डेब्य गरेका थिए तर, उनको पहिलो चलचित्र भने त्यति सफल हुन सकेन ।

हाल, उनी आफ्नै पेशा ज्योतिष शास्त्रमा व्यस्त छन् । आज यस भिडियोमा हामी उनीसँग केन्द्बिन्दु न्युजले गरेको छोटोकुराकानी पेश गर्देछौँ जसमा उनले देशको विकास आखिर हुन सकिरहेको छैन भन्ने बारे बोलेका छन् ।

वास्तुशास्त्र र ज्योतिषमा अब्बल अधिकारीले यस भिडियोमा देशको विकास हुन नसक्नुमा नेताहरुको कारण मुख्य रहेको बताए । भने देशलाई चिनाउने राष्ट्रिय झण्डाको किनारामा रहेको रंगमा पनि निलोको सट्टा पहेंलो बनाउने हो भने यो समय अनुसार हुने र वास्तुशास्त्र अनुसार पनि उचित देखिने उनको भनाई छ । देशको अवस्था परिर्वतन गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नु जरुरी रहेको समेत उनले बताए ।

हेरौं उनीसँग गरिएको कुराकानी यो भिडियोमा …

२०७६ असोज ३ गते ६:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर