निशान भट्टराईको गीतमा वर्षा, एलिसा र दुई जुम्ल्याहा दाजुभाईको यस्तो नृत्य (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज ८ गते ६:०७

पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज गायन रियालिटि शो नेपाल आइडलको पहिलो सिजनका फस्ट रनरअप निशान भट्टराईको नयाँ गीत को म्युजिक भिडियो सार्वजनिक भएको छ । एट के मोसन पिक्चर्सको युट्युब च्यानल मार्फत गीतलाई हिजो अर्थात सेप्तेम्बर २४, मगंलबारका दिन सार्वजनिक गरिएको हो ।

उनको पछिल्ला सबै गीतहरु निकै हिट भएका छन् भने यो गीत बरि लै पनि हिट हुने सम्भावना धेरै रहेको छ । यस गीतमा उनलाई गाउँनमा साथ दिएकी छन् नविता पौडेलले भने यस गीतको भिडियोमा नृत्य गरेका छन् चर्चित कलाकारहरु वर्षा राउट, अलिसा राई र टिकटकबाट भाइरल दुई जुम्ल्याहा दाजुभाई अमर र अमृत दाहालले ।

निशान र नविताको आवाज रहेको यस गीतलाई दिपक शर्माले लेखेका छन् भने मेलोडी कलेक्सनपनि शर्मा स्वयंमको रहेको छ । मनोज जोशीको निर्माणमा बनेको यस भिडियोलाई सुव्रत राज आर्चायले निर्देशन गरेका छन् ।

विकास ज्ञवालीको सम्पादनमा बनेको यस भिडियोलाई सुरेन्देर बसेलले कोरियोग्राफी गरेका छन् ।

हेर्नुहोस्  भिडियो …

२०७६ असोज ८ गते ६:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर