टन्सिल भयो ? उपचारका लागि अपनाउनुहोस् यि घरेलु उपचार (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज १५ गते ८:१३

घरेलु उपचार

१. मरिच
मरिच र तुलसीका पातलाई उमालेर गाढा काढा बनाउनुस् । राति सुत्नुअघि दूधमा यो काढा हालेर पिउनुस् ।

२. मह र दालचिनी
एन्टीब्याक्टेरियल गुणले भरपूर दालचिनीको धूलो र मह मिसाएर दिनमा तीनचोटि खानुस् । त्यसो गर्दा गलाको टन्सिल हट्छ ।

३. बेसार
बेसार, बीरेनून र मरिच पानीमा हालेर उमाल्नुस् । त्यसपछि त्यो पानीले दिनमा दुईचोटि गला सफा गर्नुस् ।

४. हर्बल चिया
ग्रीन टीमा ल्वाङ, अलैंची र दालचिनी मिसाएर पिउँदा गलामा जमेको ब्याक्टेरिया र कीटाणु बिस्तारै मर्छन् अनि समस्या हट्छ । यसको साटो अदुवा र मह हालेको चिया पिउन पनि सक्नुहुन्छ ।

५. नुन पानीले कुल्ला गर्ने

यी चीज बार्नुस्
टन्सिलको समस्या हुँदा अमिलो, पीरो र चिसो कुरा खानुहुँदैन । यस्ता कुरा खाँदा समस्या झन् बढ्छ । अनि भोजनमा तेल मसला धेर नहाल्नुस् ।

भुइँकटहर, केरा, सुन्तला, आरुबखडा, खरबुजा, मेवा र स्याउ जस्ता फल नखानुस् । भोजन गरेपछि सधैं दुईतीनवटा तुलसीका पातलाई सफा गरेर चपाउनुस् ।

२०७६ असोज १५ गते ८:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर