छक्का पञ्जाको रेकर्ड तोड्दै ‘छ माया छपक्कै’ (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज २६ गते ७:२१

काठमाडौँ । गत शुक्रबारबाट रिलिज भएको दीपक र दिपाको प्रतिक्षित फिल्म ‘छ माया छपक्कै’ ले दर्शकको राम्रो तथा न्यानो माया पाएको छ । दशैंको अन्त्यतिर रिलिज भएको यो फिल्मको व्यापारलाई लिएर अहिले बजारमा व्यापक चर्चा भइरहेको छ ।

काठमाण्डौ सहित मोफसलका हलहरुमा दर्शकको उपस्थिती उत्साहजनक देखिदा निर्माण पक्ष उत्साहित बनेको छ । यसअघिको चलचित्र छक्का पञ्जा ३ को रेर्कड छ माया छपक्कैले तोडेको कलाकार दीपकराज गिरीले दावी गरे ।

अभिनेता दीपकराज गिरीले यो फिल्मको व्यापार आश्चर्यजनक भएको बताएका छन् । एक मिडियासंगको कुराकानीमा दिपकले शनिवारको व्यापार रेकर्ड तोड रहेको बताएका थिए भने यस फिल्मले उनीहरुकै सुपरहिट चलचित्र छक्कापञ्जाको रेकर्ड समत तोडेको बताएका छन् ।

रिलिजको पहिलो दिन शुक्रबारको ग्रस कलेक्सन १ करोड ५५ लाख आसपास रहेको थियो भने फिल्म रिलिजको दोश्रो दिन अर्थात शनिवारको कलेक्शन १ करोड ९० लाख आसपास रहेको थियो ।

दिपेन्द्र लामाको निर्देशनमा बनेको यो चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, जितु नेपाल, केदार घिमिरे, प्रकाश घिमिरे, अनुराग कुक्वर, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक लामाले नै लेखेको चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ । चलचित्रको कार्यकारी निर्माता जितु नेपाल र केदार प्रसाद घिमिरे रहेका छन् । आमा सरस्वति मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा चलचित्र तयार भएको हो । दिपाश्री निरौलाले निर्देशन सल्लाहकारको रुपमा रहेकी छन् ।

विपिन मल्लको सम्पादन, रोसन श्रेष्ठको एक्सन, हरि हुमागाईको छायाकंन, कविराज गहतराजको कोरियोग्राफिले चलचित्रलाई आर्कषक बनाएको छ ।

भिडियोमा हेर्नुहोस् …

२०७६ असोज २६ गते ७:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर