एक्सनले भरिपूर्ण ‘सरौतो’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

आजको खबर   |    प्रकाशित : २०७६ असोज २९ गते ६:२९

काठमाडौं। आउँदो कात्तिक २२ गतेबाट देशब्यापी प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘सरौतो’को ट्रेलर सार्वजनिक गरिएको छ।

मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण यूनिटले ट्रेलर सार्वजनिक गरेको हो। नव–अभिनेत्री सुमी मोक्तान चलचित्रको शिर्ष भूमिकामा छिन्। एक्सन सिनका लागि उनले गरेको मेहनत ट्रेलरमा झल्किन्छ। सुमीले चलचित्रमा बोल्न नसक्ने युवतिको भूमिका निर्वाह गरेकी छन्।

बदलाको कथामा निर्माण भएको चलचित्रलाई चर्चित छायांकार हरि हुमागाइँले निर्देशन गरेका हुन्। चलचित्रमा सुमीका साथमा क्याप्टेन विजय लामा, सन्नी सिंह, युवराज लामा, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्की, आमिर गौतम, लगायतको अभिनय छ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस एण्ड ग्लिटर स्टुडियो एण्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको कथा राघव कृष्ण गौतमले लेखेका हुन्।

हेर्नुहोस् ट्रेलर :

२०७६ असोज २९ गते ६:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर