द भ्वाइस अफ नेपाल : छनोट नभएपछि स्टेजमै रोए प्रतिस्पर्धी (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ भदौ २४ गते १४:५१
काठमाडौँ। अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता द भ्वाइस अफ नेपाल अहिले संचालन भइरहेको छ। कार्यक्रममा बरिष्ठ गायक दीप श्रेष्ठ , सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल कोचको रुपमा छन् ।
‘द भ्वाइस अफ नेपाल’को हिजो प्रसारित ब्लाइन्ड अडिसनमा धेरै प्रतिभाशाली गायकहरूले आफ्नो प्रस्तुति दिए। कोही छनोट भए भने कोहीको सपना अधुरै रह्यो। ति मध्येका एक हुन् काठमाडौँ जोरपाटीका करण लामा। आफ्नो उत्कृष्ट प्रस्तुति दिँदा पनि छनोट हुन नसकेपछि उनी स्टेजमा भक्कानिए।
हेर्नुस् भिडियो।
२०७५ भदौ २४ गते १४:५१ मा प्रकाशित