पोखरा ईन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियूद्वारा तालाबन्दी
आजको खबर | प्रकाशित : २०७५ मंसिर १६ गते १५:२५
पोखरा । कलेज प्रशासनले आफ्ना जायज मागहरुलाई बेवास्ता गर्दै आलटाल प्रवृति देखाएको भन्दै आईतबार पोखरा ईन्जिनियरिङ कलेजका बिद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका छन्।
२०७५ मंसिर ९ गते कलेज प्रशासनमा भएको तोडफोड र प्रशासकको कुर्सी आगजनीबारे उचित छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन अनेरास्वबियू (अनेरास्ववियु र अखिल क्रान्तिकारी) ले गत मंसिर १० गते विज्ञप्ति मार्फत गरेको आग्रहको बेवास्ता गरेको र घटनालाई अतिरन्जित बनाउन कुनै एक बिद्यार्थी संगठनको लहैलहैमा लागेर अनेरास्ववियूको बिमति रहदा रहदै एकतर्फी रुपमा बिद्यार्थी कल्याणकारी परिषदको मिति घोषणा गरेको बिद्यार्थीहरुले प्रशासनप्रति आरोप लगाएका छन्।
तालाबन्दी पछी अनेरास्ववियूका बिद्यार्थी नेता बिष्णुराज तिमिल्सिनाले भने “शैक्षिक संस्था बिद्यार्थीको शक्ति आर्जन गर्ने मन्दिर र जिन्दगीका सुनौला सपना पुरा गर्न ज्ञान लिने ठाउँ हो। यो कुनै व्यापारिक घरानाको ब्यापार गर्ने थलो हैन।
यस्तै गरि अखिल क्रान्तिकारीका कलेज कमिटि सचिब एबं बिद्यार्थी कल्याणकारी परिसदका सदस्य बिनय कार्कीले भने “बिद्यार्थीले लागाएको ताला फोड्ने शान्त वातावरणलाई खल्बलाउन उद्दत हुने ब्यबहार कलेज प्रशासनबाटै हुन थालेपछि आफुहरु बाध्यताले आन्दोलन उत्रिनु परेको बताए।
विद्यार्थीहरुले तालाबन्दी गर्दै गत मंसिर १० गरेका मागहरु संगै मनलाग्दी रुपमा गरिएको शुल्क वृद्धि फिर्ता, अनियन्त्रित रुपमा छरिएको निर्माण सामग्रीको उचित ब्यबस्थापन, कलेज हाताभित्र रहेका व्यापारिक संस्थाहरु हटाईनुपर्ने, डिप्लोमा र बि.ई.को फरक फरक लाइब्रेरी हुनुपर्ने, गुणस्तरिय शिक्षा संगै नियमित पठनपाठन, प्रयोगशाला र प्रयोगात्मक कक्षाहरुमा आवस्यक उपकरणहरुको तत्काल ब्यबस्थापन हुनुपर्ने लगायतका मागहरु राखेका छन्।