त्यो पहिलो रिपोर्ट: जसबाट थाहा भएको थियो संजय दत्तको अंडरवल्र्ड कनेक्शन

आजको खबर   |    प्रकाशित : २०७५ असार २५ गते ७:४३

बीबीसी। संजय दत्तको जीवनमा आधारित फिल्म ‘संजू’ लाई फिल्म प्रेमीहरुले निकै रुचाएका छन्। तीन दिनभित्रै फिल्मले बक्स अफिमा सय करोडभन्दा धेरै कमायो। फिल्ममा संजय दत्तको जीवनको सबै उतार चढावलाई यसरी उतारिएको छ, जसका कारण फिल्मको मुख्य चरित्रप्रति सहानुभूतिको भाव उब्जिन्छ।

यद्यपी यो फिल्ममा संचारमाध्यमलाई निशाना पनि बनाइएको छ। फिल्ममा संचारमाध्यममा प्रशारण भएका सामाग्रीका कारण संजय दत्त यस्ता समस्यामा परे जसका कारण उनले जीवनमा धेरै थोक सहनु पर्यो भन्ने देखाउन खोजिएको छ। फिल्ममा संजय दत्तको भूमिका निर्वाह गरिएका नायक हुन् वा उनका साथी हुन्, दुवै एउटा पत्रिकको कटिङकासाथ देखिन्छन्, जसको शीर्षक छ, ‘आरडीएक्स एन ए ट्रक पाक्र्ड इन दत्त हाउस’रु तर यो त्यो समाचार थिएन जुन मुम्बई बम काण्डमा संजय दत्तको कनेक्शनको थाहा होस्।

जुन समाचारबाट सबैलाई संजय दत्तको मुम्बई बम विस्फोटमा कनेक्शन भएको पहिलो पटक थाहा पाएका थिए, सो समाचार १६ अप्रील १९९३ मा प्रकाशित भएको थियो। उक्त समाचार एक ट्याबलयड डेलीमा प्रकाशित भएको थियो।

पहिलो पन्नामा छापिएको उक्त समाचारको शीर्षक थियो ‘संजय ह्याज एके–५६ गन’ यो समाचार मुम्बईका क्राइम रिपोर्टर बलजीत परमारले लेखेको थिए। त्यो बेला उक्त पत्रिकाका सम्पादक रजत शर्मा थिए। बलजीत परमारले सो समाचार कहाँ फेला पारेरु यो विषयमा उनले बीबीसीलाई यसरी बताए, ‘त्यो १२ अप्रीलको दिन थियो। मुम्बईमा बम विस्फोट भएको एक महिना पूरा भएको थियो। म माहिमा प्रहरी स्टेशन गएको थिएँ। बम आक्रमणको छानविन भइरहेको थियो। बाहिर एकजना आईपीएस अधिकारी भेटिए। मैले उनलाई केही नयाँ भेटियो भनेर सोधेँ। तपाइँकै सांसदको छोराको नाम आइरहेको छ।’

बलजीत परमारले आफ्नो दिमाग घुमाउन सुरु गरे। तर उनको दिमागका कुनै सांसद वा उनका छोराको नाम आइरहेको थिएन। तर, जुन इलाकामा उनी बस्थे, त्यतिबेला सुनील दत्त त्यहाँका सांसस थिए। बलजीत भन्छन्, ‘सुनील दत्तको छवि यस्तो थियो की म उहाँको बारेमा यस्तो सोच्न पनि सक्दिन थिएँ। मैले उहाँलाई राम्रोसँग चिन्थे पनि। उनको पदयात्रामा म महाराष्ट्रमा उहाँको साथ घुमेको पनि थिएँ। म पंजावी भएकै कारण उहाँसँग मेरो एक प्रकारको आत्मीयता पनि थियो।’

यस्तोमा ती सांसद को हुन् र उनको छोरा को हुन सक्छरु यसलाई जान्नकालागि उनले त्यही रात माहिम प्रहरी स्टेशन र मुम्बई बम विस्फोटसँग जोडिएका एक प्रहरी अधिकारीसँग कुरा गरे।

बलजीत परमारका अनुसार उक्त जानकारी पाउन उनले ती प्रहरी अधिकारीसँग गलत सूचना दिएका थिए। ‘मैले सो घटनाको जाँच गरिरहेका एक वरिष्ठ प्रहरी अधिकृतलाई तपाइँहरुले सांसदका छोरालाई पक्राउ गरेर सोधपुछ गरिरहनु भएको रहेछ भनेर मैले झुटो कुरा गरेँ। तब ती प्रहरी अधिकारीले हामीले पक्राउ गरेका छैनौं उनी शुटिङमा बाहिर गएका रहेछन्। आएपछि हेर्छौं भने,’ बलजीत परमारले भने।

बलजीतले जसै शुटिङमा गएको भन्ने सुने, तब उनलाई बुझ्न समय लागेन की यो विषय सुनील दत्तसँग जोडिएको हुन सक्छ। किनभने त्यतिबेला उनका छोरा संजय दत्त बलिउडका एक चर्चित अभिनेता थिए। बलजीतले के पनि थाहा पाएका थिए भने संजय दत्त ‘आतिश’ फिल्मको शुटिङको सिलसिलामा मरिशसमा थिए।

त्यसपछि बलजीत परमारले पूरै सूचना जुटाए। प्रहरी स्रोतबाट उनलाई सबै कुराको जानकारी प्राप्त भएको थियो। तर, उनलाई विश्वास लागेको थिएन की कसरी संजय दत्तसँग एके–५६ जस्ता हतियार कहाँबाट आएरु यी सबै कुरा समीर हिंगारा र युसुफ नलवालाले मुम्बई प्रहरीलाई जानकारी दिएका थिए। यी दुवै त्यतिबेला संजय दत्तको फिल्म ‘सनम’ का निर्माता थिए। यी दुवैसँगको सोधपुछ पछि मुम्बई प्रहरीका कमिश्नर अमरजीत सिंह समरालाई पत्रकार सम्मेलनमा १२ अप्रीलमा नै सोधिएको थियो की के संजय दत्तको यसमा कुनै भूमिका हुनसक्छरु तब उनले यो विषयमा अहिले जाँच भइरहेको बताएका थिए।

जगरनट पब्लिकेशनबाट यही वष प्रकाशित भएको संजय दत्तको बायोग्राफी ‘द क्रेजी अनटोल्ड स्टोरी अफ बलिउड्स ब्याड ब्वाइ’ मा पनि बलजीत परमार र उनको समाचारलाई उल्लेख गरिएको छ। बायोग्राफर यासिर उस्मानले लेखेका छन्, ‘डेली ट्याबलायडका क्राइम रिपोर्टर बलजीत परमारलाई १४ अप्रीलमा संजय दत्तले मरिशसबाट फोन गरेका थिए।

संजय दत्तले फोन गर्नुको कारणका विषयमा बलजीत भन्छन्, ‘मेरो स्टोरी पूरा तयार भएको थियो। तर ट्रेनिङ यस्तो थियो की यदि तपाइँले कसैमाथि आरोप लगाउँदै हुनुहुन्छ भने उको भनाइपनि समाचारमा समावेश गर्नुपर्छ। मैले १३ अप्रीलमा दत्तको घरमा फोन गरे। त्यसपछि थाहा पाएँ उनी घरमा छैनन्।

मैले दत्तका निकै नजिकका साथीलाई भने की मैले संजय दत्तलाई फोन गर्नु निकै आवश्यक छ। मलाइ थाहा थियो संजय दत्त त्यतिबेला जर्मनीमा थिए। जर्मनीमा उनका साथी थिए जय उलाव। उनी फोटोग्राफर पनि थिए, म उनलाई चिन्दथेँ। मैले उनलाई फोन गरेँ। तब उनले बताए संजय दत्त लण्डन गएका छन्। मलाइ के लाग्यो भने संजय दत्त मसँग कुरा गर्न हिचकिचाइ रहेका छन्। अर्कोतर्फ यो स्टोरी अरुले नै लेख्न सक्ने संभावना पनि थियो। १४ अप्रील विहान आठ बजे संजय दत्तले मेरो घरको ल्याण्डलाइनमा फोन गरे। त्यो बेला मोबाइलको चलन थिएन।’

उनले अगाडि भने, ‘संजयले मसँग भने तपाइँ केही सोधपुछ गर्दै हुनुहुन्छ, के विषय होरु मैले उनलाई समीर हिंगोरा र युसुफ नलवालाले प्रहरीसँग सबै कुरा बताएका छन्। की कसरी तपाइँसँग एके–५६ र ह्याण्ड ग्रिनेट पुर्याएको थियो। अब प्रहरीले तपाइँलाई कारवाही गर्नेवाला छ। संजयले भने– यस्तो हुन सक्दैन।’

त्यसको केही घण्टापछि संजय दत्त बलजीतको घरको ल्याण्डलाइनमा फोन गरेर बलजीतसँग कुरा गरिरहेका थिए। सो बातचितका विषयमा बलजीत भन्छन्, ‘संजयले सुरुमा तपाइँसँग गलत समाचार रहेछ र तपाइँ मलाइ ब्ल्याकमेल गर्दै हुनुहुन्छ भने। तर मैले जसले तपाइँलाई हतियार दिएका हुन् उनीहरुले नै प्रहरी समक्ष तपाइँको नाम लिएका छन्। मैले तपाइँसँग किन ब्ल्याकमेल गर्नु। त्यसपछि फेरि संजयले सोधे अब के हुन सक्छ, मैले भने–तपाइँसँग भएको हतियार प्रहरीलाई बुझाएर आत्मसमर्पण गर्नु नै राम्रो हुन्छ। यदि प्रहरीले तपाइँको घरबाट हतियार बरामद गर्यो भने तपाइँ फस्नु हुन्छ।’

बलजीतले १५ अप्रीलमा मुम्बई प्रहरी कमिश्नर समरालाई संजय दत्तसँग भएको कुराकानीको सबै व्यहोरा जानकारी गराए। समराले आफ्नो पनि संजय दत्तसँग कुरा भएको र उक्त घटनाको जाँचमा सहगोग गर्न तयार भएको बताएको जनाए। यति गरेपछि १५ अप्रीलमा बलजीत परमारले त्यो स्टोरी लेखे, जुन उनको पत्रिकाको मुख्य समाचार भएर छापियो–‘संजय दत्त ह्याज एके–५६ गन’ जुन स्टोरीमा यी सबै कुराको जानकारी थियो।

त्यसपछि सनसनी मच्चियो। पूरै दुनियाले थाहा पाए की संजय दत्तको सम्बन्ध मुम्बई विस्फोट गराउनेसँग छ। बलजीत भन्छन्, ‘दत्तकातर्फबाट राम जेठमलानीले एक करोडको नोटिस पठाएका थिए। अर्को पत्रिकाले लेख्यो की यो रिपोर्ट गलत छ। तर मुम्बई प्रहरी कमिश्नरले भने यो समाचारप्रति नो कमेन्ट भने।’ संजय दत्त मरिशसबाट १९ अप्रिलमा फर्किए। उनी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने वित्तिकै मुम्बई प्रहरीले उनलाई पक्राउ गर्यो।

संजय दत्तको बायोग्राफीमा यासिर उम्मानले संजय दत्तलाई उद्धृत गर्दै लेखेका छन्, ‘मैले आफ्नो साथी युसुफ नलवालालाई १४ अप्रीलमा फोन गरेको थिएँ र मैले मेरो कोठामा भएका हतियार नष्ट गर्न भनेको थिएँ।’ युसुफ नलवालाले संजय दत्तको कोठामा भएका ती हतियारलाई टुक्रा टुक्रा बनाएर एक स्टील कारोबारी साथीलाई दिने कोशिस गरेको बताएका थिए।

संभवत संजय दत्तले त्यतिबेला आफ्नो अपराधको गम्भीरतालाई बुझ्न सकेका थिएनन्। बलजीत परमार भन्छन्, ‘धेरैलाई के लाग्यो भने मेरो समाचारका कारण संजय दत्त पक्राउ परे। जबकि त्यस्तो थिएन। मेरो समाचार प्रकाशित नभए पनि संजय दत्त पक्राउ पर्थे। किनभने उनीसम्म हतियार पुर्याउनेले प्रहरीलाई सबै कुरा जानकारी गराइसकेका थिए।

यद्यपी बलजीत परमारको यो स्टोरी ब्रेक भएपछि मुम्बई प्रहरीलाई यो हाइ प्रोफाइल केसमा कारवाही गर्न दबाव भने बढ्यो। बलजीत परमार भन्छन्, ‘१६ अप्रीलको त्यस स्टोरीपछि संजय दत्तले कहिल्यै मसँग कुरा गरेनन्। र मैलेपनि उनीसँग कुरा गरिन्।’बलजीत २०११ मा पत्रकारिताबाट रिटायर भइसकेका छन्। र उनी अहिले मुम्बईमा बस्छन्।

बीबीसी हिन्दीबाट

२०७५ असार २५ गते ७:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर