‘बाबु कान्छा’लाई युनिर्भसल, ‘वीराङ्गना’लाई पिजी सर्टिफिकेट

आजको खबर   |    प्रकाशित : २०७५ असार २८ गते १२:१४

काठमाडौँ । भोलि असार २९ गते (शुक्रबार)बाट प्रदर्शनमा आउने दुई चलचित्र ‘बाबु कान्छा’ र ‘वीराङ्गना’लाई सेन्सरबोर्डले क्रमश ‘युनिर्भसल’ र ‘पिजी’ सर्टिफिकेट दिएको छ ।

चलचित्र ‘बाबु कान्छा’लाई सेन्सरबोर्डले ‘युनिर्भसल’ सर्टिफिकेट दिएको छ भने ‘वीराङ्गना’लाई ‘पिजी’ सर्टिफिकेट दिएको हो । ‘युनिर्भसल’ सर्टिफिकेट पाएसंगै ‘बाबु कान्छा’लाई सबै उमेर समुहका दर्शकहरुले हेर्न पाउने भएका छन् ।

‘बाबु कान्छा’ नेपाली सिनेमा जगतका लागी फरक धारको विषय बस्तुमा आधारित रहेर तयार पारिएको कारणले पनि सबै दर्शकका लागी उत्तिकै महत्वपूर्ण हुने चलचित्रका निर्देशक शोभित बस्नेतले बताए । माया प्रेम र रोमान्सका दृश्यहरुलाई निकै कलात्मक रुपमा चलचित्रमा समेटिएको छ ।

चलचित्रमा सलोन बस्नेत, करिष्मा श्रेष्ठ, सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठ लगायत कलाकारहरूको अभिनय रहेको छ । निर्देशक शोभित बस्नेतकै लेखन तथा निर्माण रहेको चलचित्रमा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ ।

त्यस्तै चलचित्र ‘वीराङ्गना’ हेर्नको लागि १६ वर्ष मुनिको दर्शकहरु अभिभावकसँग जानुपर्ने भएको छ ।

एक्सन जनराको नारी प्रदान चलचित्रमा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् ।

चलचित्र वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रमा शिल्पा पोखरेल र अनुपविक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

२०७५ असार २८ गते १२:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर