प्रियंका कार्कीको उत्तेजक भिडियो पोर्न साइटमा !

आजको खबर   |    प्रकाशित : २०७५ साउन १२ गते १३:३९

काठमाडौं। पछिल्लो समय फिल्म ‘कथा काठमाण्डू’को गीत ‘रातको कुरा’मा बोल्ड दृश्य दिएका कारण चर्चामा आएकी अभिनेत्री प्रियंका कार्की अझै विवादमा परेकी छिन् । उनको यही गीतको भिडियो पोर्न साइटमा अपलोड भएको छ । यो गीतको एउटै भिडियो दुई फरक फरक भिडियोको रुपमा पोर्न साइट पोर्नहबमा अपलोड भएको हो ।

पोर्नहबमा जोसुकैले युट्युबमा जस्तै भिडियो अपलोड गर्न पाइने हुँदा यो भिडियो कसले पोस्ट गर्यो भन्ने थाहा हुन सकेको छैन । यो भिडियो अपलोड भएकोबारे स्वयं प्रियंकालाई समेत थाहा नभएको हुन सक्छ । तर यसले उनलाई थप विवादमा भने तानेको छ । पूरै अश्लील भिडियोको भण्डारको रुपमा चिनिने साइटका प्रियंका कार्कीको भिडियो अपलोड हुनुले उनको छवि धमिलो बनाउने खतरा बढेको छ ।

यो भिडियो नहेरी भिडियो भएको जानकारी मात्र पाउनेहरुले वा भिडियोको शीर्षक मात्र हेरी भिडियो नहेर्नेहरुले प्रियंकाप्रति कस्तो सोचाइ बनाउलान् भन्ने अनुमान गर्न सकिन्छ । यद्यपि पोर्न साइटमा प्रियंकाको भिडियो अपलोड भएको भए पनि यो भिडियो पोर्न भिडियो भने हैन । यो कथा काठमाण्डूको गीतकै दृश्य हो जसलाई सम्भवतः युट्युबबाट डाउनलोड गरी केही काँटछाँट गरेर पोर्नहबमा अपलोड गरिएको हो ।

२०७५ साउन १२ गते १३:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर