भूपु पतिले दिएको गुजारा भत्ता दिनभर गन्दा पनि सकिएन

आजको खबर   |    प्रकाशित : २०७५ साउन १३ गते १:४८

एजेन्सी। मान्छेको व्यवहार, खुसी, प्रेम भन्ने कुराहरु एउटै हुँदैनन्। कसैले आफूभन्दा टाढा जानेलाई नजरमै नपरोस भन्ने चाहान्छन् त कतिपयले जति टाढा जानेलाई पनि धेरै नजिकको व्यवहार गर्छन्।

त्यस्तै एउटा पूर्वपत्नी र श्रीमानको भेट हुँदा श्रीमतीलाई उपहार दिन केही (सिक्का) रुपैयाँहरु ती श्रीमानले दिएका छन् । जुन एक जनालाई हेर्दैमा ती सिक्का हेर्दैमा दिनभर बित्यो तर हिसाब गर्नै सकिएन।

भारतमा भएको उक्त घटनामा पूर्व पतिले दिएको गुजारा भत्ताको रकम अदालतको इजलासमा दिनभर गन्दा पनि सकिएन । सायद दिनभर गन्दा पनि नसकिने भनेपछि त्यो रकम अर्बौँमा हुनुपर्छ भन्ने अनुमान जो केहीले पनि लगाउँछन् होला।

उनका पूर्व पतिले उनलाई गुजारा भत्ता दिए । अदालतमै पहिलो किस्ता बुझाउने क्रममा ती व्यक्तिले इजलास कक्षमै पैसाको थुप्रो लगाइदिए ।

खुद्रा पैसाका सिक्का जम्मा गरेर २४ हजार ६ सय भारु पूराएको हुँदा त्यहाँ पैसाको ठूलै थुप्रो लागेको थियो । त्यो रकम गन्नका लागि न्यायाधीशले अदालतका अन्य पेशीहरु नै स्थगित गर्नुपरेको थियो।

२०७५ साउन १३ गते १:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर