कविता- ‘किन जान्छौ विदेश’
आजको खबर | प्रकाशित : २०७५ साउन १४ गते १६:०३

यही छ पहाड यही छ मधेश
वीर नेपाली किन जान्छौ विदेश
यही छ हिमाल यही छ बेसी
हे देशभक्त किन हुन्छौ विदेशी
जीवन आखिरमा हो दुई दिन
नतिरिकन आमाको दुधको ऋण
छोडेर जन्मे हुर्केको प्यारो देश
त्यागेर पहिचान फेरेर भेष
अर्काको देशमा पसिना चुहाउन
दु:ख र एक्लोपनले मन रूवाउन
जवानीलाई बुढ्याइ फुलाउन केश
प्यारा सन्तान किन जान्छौ विदेश
नेपाल हाम्रो घर नेपाली परिवार
जात-जाति संस्कृति सभ्य संस्कार
बुद्ध र सीता जन्मेको पवित्र भूमि
विर्सेर स्वाभिमान पैसालाई चुमी
नढाँटी भन, छ त मनमा सन्तोष
देशबाट दूर कति हो कति कोस
जाँगर जोश उतै मारी खै र ऐश
आफन्त छोडि किन जान्छौ विदेश
इन्जिनियर राकेश कार्की
लस एन्जेलस
२०७५ साउन १४ गते १६:०३ मा प्रकाशित