अन्ततः चलचित्र झमक बहादुरले पायो प्रर्दशनको अनुमति
आजको खबर | प्रकाशित : २०७५ साउन १५ गते १४:००

काठमाडौँ । आगामी श्रावण १८ गतेबाट नेपाल भरी प्रर्दशनको तयारीमा रहेको चलचित्र झमकबहादुरलाई सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र जाँच पास समितिले सेन्सर पास गरेको छ।
चलचित्रमा विशेषत अपहरण र सुन तस्करीलाई उठान गरेको हुँदा चलचित्र जाँच पास समितिले रोक लगाएको थियो। यस चलचित्रको पहिलो ट्रेलर सार्वजनिक भएसँगै बलिउड चलचित्र मुम्बई एक्सप्रेसको कपि भनेर धेरैै आलोचना खेप्दै आएको छ।
यस चलचित्र हेर्नलाई १६ बर्ष भन्दा कम उमेरका बालबालिले भने अभिभावकको साथमा चलचित्र हेर्न पाउने छन्। चलचित्र सेन्सर पास भएसँगै निर्देशक भोमन कटुवाल र निर्माता मिन कुमार तामाङले आफुँहरु निकै खूशी भएको बताएका छन्।
चलचित्रमा कुनै पनि सिन नहटाईएको र केही ठाउमा अपशब्द प्रयोग भएको हुँदा मिउट लगाउन चलचित्र जाँच पास समितिले निर्देशन दिएको निर्देशक भोमन कटुवालले डिसी नेपाललाई बताएका छन्।