ब्लु ह्वेल गेमपछि यसले मच्चाइ रहेको छ सामाजिक संजालमा ‘ताण्डव’
आजको खबर | प्रकाशित : २०७५ साउन १७ गते १२:२२

एजेन्सी। केही समय पहिला मानिसको दिमागमा ब्लु ह्वेल गेमको डर थियो। जहाँ बच्चादेखि किशोरबीच यो गेम निकै लोकप्रिय थियो भने अभिभावकलाई पनि त्यसको धेरै डर थियो। सो गेमका कारण कयौं बच्चाले आफ्नो ज्यानसमेत दिए।
सो गेममा विभिन्न टास्क दिइन्थ्यो। र अन्तिममा टास्कमा आत्महत्या गर्नुपर्ने हुन्थ्यो। कयौं बालकले यो गेम खेल्दा आफ्नो ज्यानसमेत गुमाएका छन्। यी सबै तनाव र बढ्दो आत्महत्यालाई मध्यनगर गर्दै उक्त गेममाथि प्रतिबन्ध लगाइएको थियो। अन्तिममा उक्त गेम बनाउनेलाई प्रहरीले पक्राउ गरी सजायसमेत दिएको थियो।
यस्ता तनाव दिने गेम सकिएका छैनन्। अहिले फेरि सामाजिक संजालमा एउटा चुनौती निकै भाइरल भएको छ। अहिले एउटा नम्बरले ल्याटिन अमेरिकी मानिसको निन्द्रा उडाएको छ। जसलाई मोमो ह्वाटस्एपको नाम दिइएको छ।
यो नम्बर निकै भाइरल भएको छ। यो नम्बरको एरिया कोड जापानको छ। यदि तपाइँले यो नम्बर सेभ गर्नु भयो भने एउटी ठूला आँखा भएकी युवतीको फोटो तपाइँको मोबाइल स्क्रीनमा आउँछ। जो उक्त नम्बरमा कुरा गर्छ, त्यो व्यक्तिलाई आत्महत्या गर्न मन लाग्छ।
मोमो ह्वाटस्एप नम्बर सुरुमा फेसबुकमा भाइरल भएको थियो। उक्त नम्बर सेभ गर्दा यस्तो फोटो स्क्रीनमा आउँछ, जुन २०१६ मा जापानको एक संग्राहलयमा प्रदर्शनमा राखिएको मूर्तिकलासँग मिल्छ जान्छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मोमो एक कन्सिपिरेसी थ्योरी हो जसको उद्देश्य मानिसको मनमा डर पैदा गर्नु हो।