कविता नेपाली बनिन् डान्सिङ सुपरस्टार

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते २:२३

काठमाडौं । बुगीवुगी डान्सिङ्ग रियालिटी सोमा कविता नेपाली डान्सिङ्ग सुपरस्टार बनेकी छन्।

सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी हुन्।

एपीवान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनलमा २ प्रतिस्पर्धीलाई उछिन्दै कविताले उपाधी चुमेकी हुन्।

उपाधि मात्र जितिनन् त्योसंगै नगद २५ लाख पुरस्कार पनि जितेकी हुन्। फ्रस्ट रनरअप प्रगती पुन बनिन् भने सेकेन्ड रनरअप सरोज मोक्तान भए। प्रगतिले ६ लाख जितेकी छिन् भने सरोजले ४ लाख नगद पाएका छन्।

अनलाइन अडिसनमार्फत् देशभरबाट ३ हजार डान्सरहरु मध्ये कविताले सबैलाई उछिन्दै उपाधी जितेकी हुन्।

३ हजार मध्ये १ सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो। उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिएका थिए।

त्यसपछि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट ३ जना छनोट भएका हुन्।

भारतको सोनी टेलिभिजनसँगको सहकार्यमा एपीवान टेलिभिजनले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फेन्चाइजका रियालिटी सोहरू आयोजना गरिरहेको हो।

उक्त कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए। ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा उत्कृष्ट डान्सर छनोट गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका डाइरेक्टर एलन श्रेष्ठ, कार्यक्रम प्रमुख सुरेश पौडेल, कोरियोग्राफरहरू, प्रशान्त तामाङ, रोहिया महर्जन रहेका छन्।

२०७५ साउन २० गते २:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर