जानी राखौ ! कुन राशीलाई विवाहका लागि कुन महिना उपयुक्त

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १३:०४

मंसिर र चैत महिना विवाह, व्रतबन्ध केही पनि जुर्दैन । वृष राशि भएकाले भदौ, पुस र वैशाख महिनामा विवाह गर्न मिल्दैन । मिथुन राशि भएकाले असोज, माघ र जेठ महिना, कर्कट राशिले कात्तिक, फागुन र असारमा विवाह गर्न मिल्दैन । सिंह राशिलाई मंसिर, चैत र साउन तथा कन्या राशिलाई पुस, चैत र भदौ, तुलालाई माघ, जेठ र असोज, वृश्चिक राशिलाई फागुन, असार र कात्तिक महिनामा विवाह जुर्दैन् ।

धनुका लागि चैत, साउन र मंसिर, मकरका लागि वैशाख, भदौ र पुस, कुम्भका लागि जेठ, असोज र माघ तथा मीन राशिका लागि असार, कात्तिक र फागुन महिना उपयुक्त हुँदैनन् । त्यतिमात्र होइन, विवाहका लागि बृहस्पति ग्रह पनि जुराउनुपर्ने हुन्छ । बृहस्पति ग्रह १३ महिनामा एउटा राशिमा घुम्छ । बृहस्पति ग्रह जन्मदाको राशिबाट ४, ८, १२ मा पार्नु हुँदैन । त्यस्तो अवस्थामा विवाह गरियो भने त्यो विवाह दैविक र आध्यात्मिक हुँदैन भनिन्छ ।

विवाहका लागि जोडी चयनमा कुन राशिका लागि कुन राशि उपयुक्त मानिन्छ ?

हाम्रो ज्योषितशास्त्र अनुसार यो समयमा जन्मिएको व्यक्तिको विवाह यो दिशातिर यस्तो राशि यस्तो रूप, रंग, स्वभाव भएकोसँग विवाह हुन सक्छ भन्न सकिन्छ । यो ज्योतिषको गहिरो अध्ययनबाट आउँछ । सामान्य रूपमा आफ्नो राशिबाट गन्दै जाँदा ६, ८ र १२ को राशि पर्‍यो भने विवाह टिक्दैन । जस्तो— मेषबाट गन्दै जाँदा कन्या ६, वृश्चिक ८ र मीन १२ हुन्छ ।

यसमा एउटा अर्को नियम पनि छ, केटीको राशि अगाडि आयो र केटाको पछि आयो भने विध्वंस हुन्छ, केटाको राशि अगाडि आएर केटीको पछि आयो भने अलिअलि मिल्छ । अर्को नियम राशि परस्पर फरक ६, ८ पर्‍यो तर राशिको स्वामी मित्र भयो भने मिल्छ । देवगण, मनुष्य तथा राक्षस गणको पनि नियम छ, जुन जन्मको नक्षत्रबाट निर्धारित हुन्छ । एउटै गणमा प्रीति हुन्छ ।

नाडी भन्ने अर्को हुन्छ एउटै नाडीमा विवाह भयो भने सन्तानमा बाधा हुन्छ भनिन्छ । धर्मशास्त्रमा एउटै गोत्रमा विवाह गर्नु हुँदैन, सन्तानमा वंशाणुगत खराबी देखिन्छ भनिन्छ, नाडीको नियम ठ्याक्कै त्यही हो ।

राशि भनेको के हो ?

राशि भनेको चन्द्रमा हो । जस्तो मेष राशि भनेको जन्मदा चन्द्रमा मेष राशिमा थियो भन्ने हो । चन्द्रमालाई जलीय ग्रह भनिन्छ । औंसी र पूर्णिमाका बेला समुद्रमा ज्वारभाटा आउँछ, हत्या र आत्महत्या औशी र पूर्णिमाको आसपासमा हुन्छ भनिन्छ । हाम्रो शरीरमा ७५ प्रतिशत पानी हुन्छ । मायाप्रीतिमा पनि हामी चन्द्रमा नै हेर्छौ । चन्द्रमाबाट राशि मिलाइन्छ ।

चन्द्रमा कमजोर हुँदा के हुन्छ ?

चन्द्रमा कमजोर भयो भने मन बढी आत्तिन्छ । चन्द्रमा बलियो भयो भने मानिसहरू विन्दास हुन्छन् ।

२०७५ साउन २१ गते १३:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर