मानवअधिकारबादी कृष्ण पहाडीको २७ औँ पुस्तक प्रकाशित

आजको खबर   |    प्रकाशित : २०७५ असोज १५ गते १३:२५

काठमाडौं। विखण्डनको राग अलाप्ने मुसो प्रवृत्तिलाई तह लगाउन नेपाली जनता सक्षम छन् तर त्यो मुसो प्रवृत्तिलाई काँधमा बोक्ने बाह्य बाघहरूसँग भने होसियार हुनु जरुरी छ।

त्यसैले त्यो षड्यन्त्रको पर्दाफास गर्नु मैले आवश्यक ठानेँ र त्यस विरुद्ध उभिएँ। आज पनि म हिंसा, घृणा र विखण्डनविरुद्ध हुंकार गर्छु र त्यसका पृष्ठपोषकहरू विरुद्ध आजीवन लडिरहने प्रण गर्छु।’ – कृष्ण पहाडी

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका विशेष आलेखहरुको संग्रह “युद्ध निषेध : शान्ति विशेष” प्रकाशित भएको छ। पहाडीद्वारा लिखित यो २७ औँ पुस्तक हो। शान्ति समाजका १३ जना सदस्यहरुको सहयोगमा यो पुस्तक मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो।

विभिन्न शक्ति राष्ट्रहरुको घोषित–अघोषित नेपाल नीति, सुरक्षा र सामरिक महत्वका विषयमा गत एक वर्षमा प्रकाशित पहाडीका चर्चित १७ वटा लेखहरु यो सङ्ग्रहमा समाविष्ट छन्।

शान्तिको पक्षमा, हिंसा र युद्धको विपक्षमा समर्पित यो महत्वपूर्ण पुस्तक बिक्रीबाट प्राप्त हुने रकम शान्ति समाजको अभियान/कार्यक्रम सञ्चालनमा खर्च गरिने छ।

२०७५ असोज १५ गते १३:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर