नेपाली दशैं भू-मण्डलीकरण भयो

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १ गते ८:५७

डिगबहादुर तामाङ्ग

दशैं नेपाली मातृ भूमिमा एउटा महत्वपूर्ण पर्वको रुपमा सदियौंदेखि मान्दै आएको एक पर्व हो। आज आएर यो पर्व अफ्रिका महादेश बाहेक संसार भरी मान्ने चाँड बनेको छ।

हुन त दशैं मात्रै होइन ल्होसार, किराँतीहरुको उभौली, उधौली, बुद्धिष्टहरुको दोमंग, हिन्दुहरुको स्वस्थानी ब्रत कथा पनि विश्वभरी फैलिएको छ। यो हिन्दु मन्त्रको चाँड दशैं भनेर राजाले दशैंको शुभकामना भन्न थालेपछि मङ्गोलियन अनुहारद्वारा राजाले साथ नपाएपछि राजाले पलाएन हुनु पर्यो।

साथ नदिएपछि माओवादीहरुलाई राजसत्ता फ्याल्न सजिलो भयो भन्दा उपयुक्त नहोला। १९९० भन्दा पहिले बेलायत, अमेरिका रहेका केहि नेपालीहरुले यो पर्वलाई मान्थे भने आज यो पर्व विश्व भरि छरेर रहेका नेपालीहरुको महान् चाँड बनेको छ।

वास्तविक भन्नु पर्दा यो पर्व काठमाडौँ उपत्यका भित्रका नेवार समुदायले बढी धुमधामले यो पर्वलाई धार्मिक महत्व दिए, इन्द्रजात्रा, कुमारी, गणेशको रथ तानेर शहर घुमाएर, राजा अथवा राष्ट्रपति साक्षी राखेर विदेश भने नेपाली राजदूतलाई मान्ने चलन भयो अब।

यहि अक्टोबर ६ तारिखका दिन, मेरिल्याण्ड राज्यको गथेस बर्ग भन्ने शहरको ब्लक हिल भन्ने पार्कमा ८०० सय भन्दा ठुलो भिड माझ नेवा अर्गनाईजेसनले कुमारी रथ बनाएर काठमाडौँ डबलीमा हुने जस्तै कथा अज्ञमान शाक्यले धरप्रभा नेवारीमा एउटा नाटक जस्तै गरी, नेपालको अमेरिकाको लागि महामहिम राजदूत डाक्टर अर्जुन कुमारको मुख्य अतिथिमा मनाए।

इन्द्रजात्र हेर्न औनेहरु नेवार मात्रै थिएन्, तामांग, क्षेत्री, बाहुन गुरुङ मगर, धेरै अमेरिकनहरू थिए। दशैं पर्ब एउटा महत्वपूर्ण किन भने हिजुसम्मका शत्रु दशैंको टिकापछि गाडा दोस्ती बन्छन्।

ठुला बडाबाट आशिस थाप्न्ने। आशिस पनि धेरै राम्रा छन्। दोर्ण छोराको जस्तो आयु होस्, दशरथको जस्तो श्रीयम होस्, ऐश्वर्य नहुषे जस्तो होस् गति हावाको जस्तो होस्, मानसमान धिर राष्ट्रको छोरा दुर्योधनको जस्तो होस्, शौर्य जस्तो शान्त होस्, बल हल्धरेको जस्तो होस्, सत्य कुनक पुत्रहरुको जस्त्रो होस्, ज्ञान बिदुरको जस्तो होस् नारायणको जस्तो कृति होस्।

महिलाहरुले दिने आशिस भने छुट्टै छन् जस्तै जयन्ती मंगलाकाली, भद्रकाली कापलिनी, शिवादत्री दुर्गा क्षमा।

तर तामांङ्ग गाउँ बस्तीमा भने, मार हानिदैन, घरमा जमरा पनि राखिदैन, तर नवमीको दिन लामालाई घरमा बोलाएर घेवाङ्गो गर्ने चलन छ, घेवाङ्गोको मतलब हो दशैं भरी काटमार गरिएका खसी बोका, बाख्री कुखुरा हाँस परेवा जुनै जीव जनावरहरुको बलि भएको छ तिनीहरुको आत्माले शान्ति पाओस् भन्ने प्रार्थन हो जुन पूजा एक घन्टको हुन्छ। १६ श्राद्ध बाहुन पुरोहित झैं लामाहरु पनि व्यस्त हुन्छ।

टिकाको दिन आफु भन्दा ठुला बडाको हातबाट टीका थाप्न्ने चलन छ तर रातो टिका होइन सेता टिका हुन्छ, दहि र अक्षेताको। आशिस हिन्दुहरुको जस्तो हुदैन, दसा ग्रह माथिको हिमालतिर जाऊ, नदीको पानीले बगाएर लैजाऊ, निरोगी भएस, ठूलो भरी बोकेर खाने भएस, अलिकति शिक्षित तामांगहरु रहेछन भने, खरिदार भएस, सुबिदर भएस। छोरीलाई दिने आशिस भने मैतीको नाक राखेर गर गरी खायेस इत्यादी।

तामांग कि छोरी चेली माइती आउँदा, माईती दक्षिणा पौने आशाले आइनन् बरु बाबु आमालाई खुसि पार्न, सोलीभरी रोटी बिचमा पोंग तेस माथि कुखुरा भाले सिंगै, होइन भने पकाएको मासु एक दारनी लिएर ज्वाईलाई बोकाएर टिका लौन औन्छे, एदी नाती नातिना भएको छ भने गाइको बाछी भैंसीको पाठी दाइजो दिएर पठाउन छन् होइन भने केहि पनि पाउदैन।

ठहर भरी सेल, एक कैंग्यो केराले लिएर तामांग चेली हरु माइती जाँदा एउटा रीत पुर्याएकी हुदैन।

निष्कर्ष :

नेपाली चाडपर्व आज आएर विश्वभरी छरिएको छ, भूमण्डलीकरण भएका छन्। नेपालको महत्व बढाएको छ, जुनै नेपाली बिदेशमा बस्नु हुन्छ उनिहरु अबैधानिक राजदूत हुन्। जसले नेपालको संस्कृति पर्यटक विकास सम्बन्धि अनौचारिक रुपले प्रचार प्रसार योगदान दिएका छन्।

२०७५ कार्तिक १ गते ८:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर