बिहे नहुँदै दीपिका पादुकोण र हुनेवाली नन्दबीच झगडा !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ५ गते १२:५६

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणविर सिंहबीच अगामी नोभेम्बर १५मा बिहे गर्दै छन्। दीपिकाले रणविरसँग बिहे गर्ने निश्चित भए पनि यसअघि पनि दीपिकाको नाम धेरै जनासँग जोडिएको थियो।

उनी कुनै बेला अर्का रणविर अथवा रणविर कपुरलाई डेट गर्थिन्। त्यो बेला रणविर कपुरले सोनम कपुरलाई छोडेर दीपिकासँग डेट गरेका थिए। यो घटनापछि एकै सयम बलिउडमा प्रवेश गरेका यी अभिनेत्रीबीच मनमुटाव शुरु भयो।

सोनम र दीपिकाका पहिलो फिल्म एकै दिन प्रदर्शन भएका थिए । सोनमले सावरियाबाट डेब्यू गरेकी थिइन् भने दीपिकाले ओम शान्ति ओमबाट । सावरियामा सँगै काम गरेका रणविर कपुर र सोनमबीच रोमान्स हुने गरेको बताइएको थियो ।

तर, रणविर दीपिकासँग जोडिएपछि यी दुई अभिनेत्रीबीच फाटो आयो।

सोनम अब भने दीपिकाकी नन्द बन्दैछिन्। सोनमकी आमा सुनिता कपुर र रणविर सिंहका बाबु ज जगजित सिंह भवानी दुई भाईबहिनी हुन्। रणविर कुपरले कैटरिना पाएपछि दीपिकालाई पनि धोका दिएका थिए।

आजभोली रणविरले आलिया भट्टलाई पाएपछि कैटरिनालाई पनि धोका दिएका छन्।

करिअरको शुरुआतदेखि एका अर्काविरुद्ध बयानवाजी गर्दै आएका सोनम कपुर र दीपिका अब एउटा नातामा हुने भएपछि यिनीहरुबीचको सम्बन्धले कस्तो रुप लिन्छ, त्यो भने हेर्न बाँकी छ।

२०७५ कार्तिक ५ गते १२:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर