पानी र हावाहुरीसहित परेको चट्याङ लागेर २ युवाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७६ असार १२ गते १:५७

काठमाडौँ । मोरङको रङ्गेली नगरपालिकामा बुधबार अपराह्न हावाहुरी एवं पानीका साथ परेको चट्याङ लागेर दुई युवाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार रङ्गेली–९ दोहमना बजार नजिक चट्याङ लागेर सोही स्थानका १४ वर्षीय अभत ऋषिदेव र १५ वर्षीय अनिल ऋषिदेव घाइते भई उपचारका लागि अस्पताल लग्दा चिकित्सकले मृत्यु भएको जानकारी दिएका हुन्।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

२०७६ असार १२ गते १:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर