अशोक र टंकको नयाँ गीत ‘बा आमा’ अशोक, एआरर टंकसँगै, एलिशा र रुविशा श्रेष्ठ पनि (भिडियो)
आजको खबर | प्रकाशित : २०७६ असोज ११ गते ७:५५

काठमाण्डौं । चर्चित बाल गायक अशोक दर्जीको आवाजमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
टंक बुढाथोकी, अशोक दर्जी, ए आर बुढाथोकी र विक्रम थापाको स्वर रहेको ‘मन बिनाको धन ठूलो २’ गीत सार्वजनिक भएको हो जसमा टंक बुढाथोकीसँगै अशोक दर्जी, एआर बुढाथोकी, एलिशा श्रेष्ठ, रुविशा श्रेष्ठ, सान्त प्रसाद श्रेष्ठ लगायत कलाकार फिर्चड छन् ।
यस गीतमा शंकर आचार्यको शब्द तथा टंक बुढाथोकीको संगीत रहेको छ । करण सिंहको प्रोडक्शन म्यानेजमेन्ट गरेको गीतलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।
यो गीतको म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । गीतलाई अशोकको चर्चित गीत ‘मन बिनाका धन ठूलो कि धन बिनाको मन- २’ को रुपमा प्रस्तुत गरिएको छ । टंक र अशोकको ‘मन बिनाको धन ठूलो’ गीत सुपर हिट भएको थियो ।
हेर्नुहोस् गीत :
२०७६ असोज ११ गते ७:५५ मा प्रकाशित