स्टार बन्छिन् भनिएकी जसिता कहाँ गएर चुकिन् ? धिरजको आशमा फर्किएला करिअरको श्वास ?

आजको खबर   |    प्रकाशित : २०७६ असोज २५ गते ७:१६

काठमाडौँ । के नायिका जसिता गुरुङलाई चलचित्र लभ स्टेशन असफल हुँदा परेको हो ठूलो धक्का ?

के जसिता गुरुङलाई कमब्याक हुनको लागि फेरी पर्दैछ अप्ठ्यारो ? आई एम ट्वान्टी वानले के जसिता गुरुङलाई लिलिबिल्लिबाट बनाएको एउटा इमेजलाई फेरी पुनःस्थापित गर्ला ? आजको यस भिडियोमा हामी यसै विषयमा केन्दरत रहेर विशेष कुराकानी गर्नेछौँ जुन हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्टमा आधारित रहको छ ।

चलचित्र लिलिबिल्ल्मिा काम गर्दा नायिका जसिता गुरुङलार्ई नेपाली सिनेमा इन्डष्ट्रिको नयाँ स्टारको रुपमा पनि हेरिएको थियो । विशेषगरी साम्राज्ञी राज्यलक्ष्मी शाह राम्रैसँग चर्चामा रहेको समयमा नायिका जसिता गुरुङले चलचित्र लिलिबिल्लिमा गरेको उत्कृष्ट कामलाई दर्शकले अतयाधिक मात्रामा मनपराएका थिए ।

सो कारणले गर्दापनि नायिका जसिता गुरुङ नेपाली फिल्म इन्डष्ट्रिमा उदाउनेछिन् र जसिता गुरुङले एउटा स्टारडम बनाउनेछिन् भन्ने एउटा चर्चा नेपाली फिल्म इन्डष्ट्रिमा राम्रै भएको थियो ।

तर, केही समयपछि रिलिज भएको चलचित्र लभ स्टेशन बक्स अफिसमा असफल हुँदा नायिका जसिता गुरुङको कामको पनि खास्सै चर्चा भएन र जसिता गुरुङको फिल्मपनि व्यापारिक रुपमा असफल भयो । त्यसले जसिता गुरुङलाई ठूलै धक्का दिएको भन्ने चर्चा पनि चुलिएको छ ।

थप तथा विस्तृत जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुहोस् …

२०७६ असोज २५ गते ७:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर