बच्चाको बारेमा स्वस्तिमाको प्रतिक्रिया- ‘ढिलो आउँछ, कडा आउँछ’ (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७६ असोज २८ गते ७:२४

फिल्म ‘घामड शेरे’ को ट्रेलर रिलिज भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

कार्यक्रममा पत्रकारले निश्चललाई सोधे – निश्चल र स्वस्तिमाको डमरु कहिले आउँछ? निश्चलको हातबाट स्वस्तिमाले माइक लिइन् र मुस्कुराउँदै भनिन् – हाम्रो चाहिँ डमरु ढिला आउँछ कडा आउँछ ।

फिल्ममा रियल जोडी अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । निश्चललाई किसानको भुमिकामा देखाइएको छ । फिल्ममा निश्चल र स्वस्तिमा साली भेनाको रुपमा प्रस्तुत भएका छन् । फिल्ममा निर्देशक विसी र सिमोश सुनावारले लगानी गरका छन् । फिल्मलाई नरेन्द्र मैनालीले खिचे हुन् भन् सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । फिल्मको कथा निर्देशक विसीले नै तयार पारेका हुन् ।

फिल्ममा निश्चल र स्वस्तिमाको साथै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायत कलाकारको अभिनय रहेको छ । फिल्म कार्तिक ८ गते प्रदर्शन हुँदैछ ।

विस्तृत जानकारीको लागि केन्द्रबिन्दु न्युजको यो भिडियो हेर्नुहोस् …

‘घामड शेरे’ को ट्रेलर :

२०७६ असोज २८ गते ७:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर