अदुवाको जुस पिउँदा फाइदै फाइदा, जान्नुहोस् कस्ता कस्ता फाइदा ? (भिडियोमा)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ७ गते १:५३

अदुवाको सेवन स्वाथ्यका लागी वरदान नै सावित भएको तपाईहामी सबैलाई जानकारी छ। विशेषगरी अदुवा जाडो मौसममा बढी प्रयोग हुने बस्तु हो। अदुवामा क्याल्सियम, आइरन, कपर, जिंक लगायतका अनेकौँ तत्व पाइन्छ। जस्ले टाउको दुखाईदेखि पाउसम्मका रोगको उपचार समेत गर्छ। अदुवा थिचेर वा काटेर त तपाई हामीले सेवन गरेकै छौँ अझ यसलाई जुस बनाएर पिए थप प्रभावकारी हुन्छ।

अदुवाको जुस पिउँदा निम्न फाइदाहरु हुन्छन् :

मधुमेह नियन्त्रण

चिया गिलासको एक गिलास अदुवाको जुस पिए मात्रै पनि शरीरमा यसले ग्लूकोजको मात्रालाई कमी गराउँछ र पिडितलाई आनन्द महशुस गराउँछ । एन्टी डायबिटीजका गुण अदुवामा हुने हुँदा यसको सेवनका लागी चिकित्सकहरुले सुझाव दिँदै आएका छन्। अदुवा सुगरका बिरामीले दैनिक सेवन गरेमा सुगरको मात्रा गटाउदै लान्छ।

पाचनका लागी उत्तम

अदुवाको जुसले विभिन्न किसिमका पाचनको समस्यालाई सहज बनाउन मद्धत गर्छ। यसमा भएको तत्वले पाचन प्रक्रियामा सक्रिय भएर काम गर्छ।

कोलोरोस्टोरको मात्रा घटाउँछ

अदुवाको जुसले शरीरमा भएको कोलोरोस्टोरको मात्रा घटाउँछ। रक्त नलीमा कुनै अवरोध भए यसले खुलाउन सहयोग गर्छ । जसमध्ये सबैभन्दा फाइदा मष्तिष्क रोगीहरुलाई पुग्छ।

क्यान्सर रोकथाममा सहयोग

अदुवाको जुसले पहिलो चरणको क्यान्सरको रोकथाममा मद्धत पुग्छ । यसको नियमित प्रयोगले क्यान्सर रोग उत्पन्न गर्ने तत्वलाई न्यूनिकरण गरिदिन्छ।

चिसोबाट बचाउँछ

अदुवामा पाइने एन्टी भाइरल र एन्टी फंगल गुणका कारण यस्ले चिसोमा लाग्ने एलर्जी तथा चिसोबाट लाग्ने रोग जस्तै रुघा र भाइरल लाग्नबाट बचाउँछ।

२०७६ कार्तिक ७ गते १:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर