फिल्म ‘प्रसाद’को अन्य चलचित्रकर्मीहरुद्धारा प्रशंसा

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २० गते ७:०७

काठमाण्डौ । फिल्म ‘प्रसाद’ ले बुधवार राजधानीको बिग मुभिजमा आयोजना गरिएको रेड कार्पेट प्रिमियरमा अन्य चलचित्रकर्मीहरुले फिल्मको बारेमा राम्रो प्रशंसा गरेका छन् । ‘लै लै’ बोलको गीतका कारण चर्चामा रहेको शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद’ ले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको छ । उपस्थित अधिकांशले कलाकारको अभिनय र कथावस्तुलाई फिल्मको सशक्त पाटो भनेका छन् ।

दिनेश राउतको निर्देशन, सुशील पौडेलको कथा, सुवाष थापाको निर्माण रहेको फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतको लिड रोल छ । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य(मान्यता विरुद्धको कथा फिल्म ‘प्रसाद’ ले बोल्छ ।

प्रिमियरमा उपस्थित भुवन केसी, रेनाशा वान्तवा राई, हेमराज विसी, केशव भट्टराई, दीपेन्द्र के। खनाल, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरेलगायतले फिल्मको उठाएको विषयवस्तुको तारिफ गर्दै कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरे । नम्रता र विपिनको अभिनयले फिल्ममा प्राण भरेको सबैको भनाई थियो ।

अन्तरजातिय विवाह गरेर राजधानी छिरेको एक जोडीको जीवनमा सन्तान नहुँदा आउने समस्यालाई फिल्मले देखाउन खोजेको छ । यसअघि लभस्टोरी फिल्ममा आफूलाई अब्बल साबित गरेका निर्देशक राउतको फरक प्रयोग प्रशंसनिय छ । लेखक पौडेलको लेखन परिपक्व छ । निर्देशक थापाले लगानी गर्न कञ्जुस गरेका छैनन् । निश्चल आफ्नो भूमिकामा फिट छन् ।

फिल्म हेरेर निस्कँदै गर्दा अभिनेता केसीले कलाकारको अभिनयको प्रशंसा गर्दै तीन करोड नेपालीको मन जित्ने विश्वास व्यक्त गरे । ुअचेल एक्सन, कमेडी जनरामा फिल्महरु बनिरहेका छन् । कमेडी फिल्मले दर्शकको मन जिते जसरी सोसल म्यासेज र इमोसनल मुभीमा ुप्रसादु ले मन जित्छु, उनले भने । दीपकराज गिरीले संवेदनशिल विषय मनपराउने दर्शकका यो फिल्म मनपर्ने बताए ।

फिल्मको प्रिमियरमा अभिनेत्री नम्रता श्रेष्ठ आकर्षणको केन्द्रविन्दु बनेकी थिइन् । चिसिँदो काठमाडौंको जाडोलाई चुनौती दिँदै उनी निकै हट पहिरनमा उपस्थित भएकी थिइन् । प्रेमी दावा शेर्पासँग उनी प्रिमियरमा पुगेकी थिइन् । अभिनेता विपिन खुट्टा फ्याक्चर भएर बेड रेस्टमा रहेका कारण उपस्थित हुन सकेनन् । निश्चलको भने उपस्थिति थियो । फिल्म हेर्न नेपाल आइडलका ुटप फाइभु प्रतिस्पर्धी पनि पुगेका थिए ।

२०७५ मंसिर २० गते ७:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर