‘धुम ४’को मुख्य भूमिकामा सलमान खान हैन शाहरुख खान पक्का

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते १२:०९

मुम्बइ। यशराज फिल्मसको हिट फ्रेन्चाइजी ‘धुम’को अर्को सिक्वेल ‘धुम ४’ को विषयमा धेरै अनुमानहरु गरिएका थिए । यो फिल्ममा सलमान वा शाहरु हुन सक्ने अनुमान गरिएको थियो । अब खबर आएको छ कि यशराज ब्यानरले धुम ४ को घोषणा ठग्स अफ हिन्दोस्तानको फस्र्टलुक रिलिज भएपछि गर्नेछ ।

ठग्सको सम्पादनमा जुटेको टिमले यो जानकारी दिएको हो । यही समय फिल्मको मुख्य कलाकारको रुपमा शाहरुख खानको नाम घोषणा हुने बताइएको छ । अघिल्लो वर्ष अगष्टमा पनि यो फिल्मको लागि शाहरुखको नामको चर्चा चलेको थियो । पछि भनियो कि यो फिल्ममा सलमान खान र उनको अपोजिट रणवीर सिंहलाई कास्ट गरिनेछ । तर यी दुवै फिल्मको चर्चाबाट बाहिरिए । अब अन्ततः शाहरुख नै लिड रोलमा हुने बताइएको छ ।

ट्रड एक्सपर्टका अनुसार जीरो पूरा गरेपछि शाहरुखसँग कुनै फिल्म छैन । सेल्युटको विषयमा पनि अहिलेसम्म कुनै घोषणा भएको छैन । शाहरुखले यशराजसँग काम गरेको पनि २वर्ष भइसकेको छ । त्यसमाति शाहरुखलाई ग्रे शेड रोल मन पर्छ । उनले धेरै फिल्ममा यस्ता रोल गरिसकेका छन् । ग्रे शेड रोलमा पछिल्लो समय शाहरुख डन, रइस जस्ता फिल्ममा देखिइसकेका छन् ।

२०७५ साउन १८ गते १२:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर